News Portal

रेडियो सुन्नुहोस्

 नौबहिनीले गर्यो बार्षिक समीक्षा,चालु र पुँजीगतमा ९६ प्रतिशत बढी खर्च 

झुलेनी पोष्ट२०८२ साउन २० गते
३०८ पटक
२०८२ साउन २० गते
नौबहिनी गाउँपालिकाले आ.व. २०८१÷०८२ को वार्षिक समीक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय निकाय र नागरिकहरु बिच दोहोरो संवाद स्थापित गरि सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सोमबार पालिकामा कार्यक्रम गरिएको हो।
स्थानीय निकायबाट सञ्चालित विकास कार्यक्रम, उपलब्ध सेवा, बस्तु र सुविधा सर्वजनिक गरि सेवाग्राही नगारिकले उठाएका सवालहरुमा स्पष्टता, पारदर्शिता गराउन र रचनात्मक सुझावहरुलाई ग्रहण गरि आगामी कार्ययोजना चुस्त बनाउनका लागि कार्यक्रमको आयोजना गरिएको गाउँपालिका अध्यक्ष दिल बहादुर थापाले बताए ।
नौबहिनी गाउँपालिकाले यस आ. व. २०८१÷०८२ मा चालूतर्फ ९३.५१ र पुँजीगततर्फ ९६.९२ प्रतिशत खर्च कायम गरि जिल्लामै उत्कृष्ट स्थान हासिल गरेको दाबी गरेको छ । गाउँपालिकाको २०८१÷०८२ को वार्षिक समीक्षा कार्यक्रमको अवसरमा प्रमुख प्रशासकीय अधिकृत  शिवराज पौडेललाई पालिकामा पुर्याएको योगदान,सेवा, कुशल कर्मचारी व्यवस्थापन, सेवा प्रवाहको प्रभावकारिता, बजेट व्यवस्थापन गरेको भन्दै पालिकाले सम्मान गरेको छ ।
  कार्यक्रममा पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य सुशील पोख्रेल र महासंघका पूर्व जिल्ला अध्यक्ष गिरुप्रसाद भण्डारीले गाउँपालिकाले गरेको विकास निर्माण र नतिजाको प्रसंशा गर्दै महत्वपूर्ण सुझावसङ्गै बधाई  दिएका थिए ।
कार्यक्रममा पालिकाका सबै शाखा, ८ वटै वडा सचिवहरुले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, स्थानीय नागरिकहरुले गाउँपालिकाको दिगो विकास निर्माण, कृषिमा आत्मनिर्भर, वडाबासीहरु सडकको पूर्ण पहुँच, विद्युत र खानेपानीसंगै शिक्षा र स्वास्थ्यमा उत्कृष्ट नतिजा ल्याउन सहकार्य र समिक्षा गोष्ठीहरु निरन्तर हुन जरुरी रहेको बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...