News Portal

रेडियो सुन्नुहोस्

आलोचना भएपछि ३५ दिने सूचनाको म्याद सकिनै लाग्दा छलफल

झुलेनी नेटवर्क२०८२ भदौ ८
६४५ पटक
२०८२ भदौ ८

विना पूर्व तयारी सडक वरपरका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको प्यूठान नगरपालिकाले बेलुवा–बाग्दुला सडकको विषयमा पुनः नागरिकसँग छलफल थालेको छ ।

श्रावण ७ गते सडकको १५ मिटरभित्र रहेका संरचना हटाउन र नहटाएमा कानुन बमोजिम हुने सूचना जारी गरेको नगरपालिका नगर बासीको विरोध र आलोचनापछि छलफलमा लागेको हो ।

व्यापारको मुख्य सिजन चाडपर्वको मुखमा पूर्व जानकारीविना चेतावनीपूर्ण सूचना आएसँगै सडक छेउका व्यापारीले समेत नगरपालिकाको कदमको विरोध गरेका थिए । मार्किङ नगरीकनै सूचना जारी गरेपछि सडक छेउका स्थानीय पनि सशङ्कित बनेका हुन् ।

३५ दिने सूचनाको ३ दिन मात्र म्याद रहँदा नगरपालिकाले आइतबार वडा नं. १ र २ बाट छलफल थालेको छ । छलफलमा सम्बोधन गर्दै नगरपालिकाका मेयर विष्णु योगीले क्षति हुने सवैका लागि क्षति पूर्ति दिन नसकिने तर, पूर्ण विस्थापित हुनेको हकमा नगरपालिकाले निर्णय गर्ने बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...