News Portal

रेडियो सुन्नुहोस्

आलोचना भएपछि ३५ दिने सूचनाको म्याद सकिनै लाग्दा छलफल

झुलेनी नेटवर्क२०८२ भदौ ८
९६० पटक
२०८२ भदौ ८

विना पूर्व तयारी सडक वरपरका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको प्यूठान नगरपालिकाले बेलुवा–बाग्दुला सडकको विषयमा पुनः नागरिकसँग छलफल थालेको छ ।

श्रावण ७ गते सडकको १५ मिटरभित्र रहेका संरचना हटाउन र नहटाएमा कानुन बमोजिम हुने सूचना जारी गरेको नगरपालिका नगर बासीको विरोध र आलोचनापछि छलफलमा लागेको हो ।

व्यापारको मुख्य सिजन चाडपर्वको मुखमा पूर्व जानकारीविना चेतावनीपूर्ण सूचना आएसँगै सडक छेउका व्यापारीले समेत नगरपालिकाको कदमको विरोध गरेका थिए । मार्किङ नगरीकनै सूचना जारी गरेपछि सडक छेउका स्थानीय पनि सशङ्कित बनेका हुन् ।

३५ दिने सूचनाको ३ दिन मात्र म्याद रहँदा नगरपालिकाले आइतबार वडा नं. १ र २ बाट छलफल थालेको छ । छलफलमा सम्बोधन गर्दै नगरपालिकाका मेयर विष्णु योगीले क्षति हुने सवैका लागि क्षति पूर्ति दिन नसकिने तर, पूर्ण विस्थापित हुनेको हकमा नगरपालिकाले निर्णय गर्ने बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...