News Portal

रेडियो सुन्नुहोस्

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया वाल मन्दिरमा सम्पन्न

झुलेनी नेटवर्क२०८२ भदौ ९
८८० पटक
२०८२ भदौ ९

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया कार्यक्रम वाल मन्दिरमा सम्पन्न भएको छ । भानु सामुदायिक सिकाइ केन्द्र रातामाटाको आयोजनामा आइतबार प्यूठान नगरपालिका ३ वाल मन्दिरमा सम्पन्न भएको अन्तरक्रियामा बोल्ने वक्ताहरूले पठन संस्कृति कमजोर हुँदै गइरहेको बताएका छन् ।

अन्तरक्रिया कार्यक्रममा संविधान सभा सदस्य नारायण प्रसाद अधिकारी, प्यूठान नगरपालिकाका मेयर विष्णु बहादुर योगी, डा.भोज विक्रम बुढामगर, रेडक्रस सोसाइटी प्यूठानका सभापति गुमानराज पुलामी, जिल्ला शिक्षा तथा समन्वय इकाई प्रमुख दुर्गा खड्का लगायतले विषयवस्तुबारे धारणा राखेका थिए ।

पठन संस्कृतिको विकास र पुस्तकालयको व्यवस्थापन गर्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको भानु सामुदायिक सिकाई केन्द्रका अध्यक्ष सिमन्त न्यौपानेले बताए ।

अन्तरक्रियामा प्यूठान नगरपालिकामा रहेका विद्यालयका प्रधानाध्यापकहरू र विभिन्न सामुदायिक सिकाई केन्द्रका अध्यक्षहरू सहभागी रहेका थिए । नगरपालिकामा ५ वटा सामुदायिक सिकाई केन्द्र रहेका छन् ।

सिकाई केन्द्रको व्यवस्थापनका  लागि स्थानीय तहले प्राथमिकता दिएको प्यूठान नगरपालिका वडा नं. ३ का अध्यक्ष तथा प्रवक्ता सुमनराज श्रेष्ठले बताएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...