News Portal

रेडियो सुन्नुहोस्

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया वाल मन्दिरमा सम्पन्न

झुलेनी नेटवर्क२०८२ भदौ ९
४६५ पटक
२०८२ भदौ ९

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया कार्यक्रम वाल मन्दिरमा सम्पन्न भएको छ । भानु सामुदायिक सिकाइ केन्द्र रातामाटाको आयोजनामा आइतबार प्यूठान नगरपालिका ३ वाल मन्दिरमा सम्पन्न भएको अन्तरक्रियामा बोल्ने वक्ताहरूले पठन संस्कृति कमजोर हुँदै गइरहेको बताएका छन् ।

अन्तरक्रिया कार्यक्रममा संविधान सभा सदस्य नारायण प्रसाद अधिकारी, प्यूठान नगरपालिकाका मेयर विष्णु बहादुर योगी, डा.भोज विक्रम बुढामगर, रेडक्रस सोसाइटी प्यूठानका सभापति गुमानराज पुलामी, जिल्ला शिक्षा तथा समन्वय इकाई प्रमुख दुर्गा खड्का लगायतले विषयवस्तुबारे धारणा राखेका थिए ।

पठन संस्कृतिको विकास र पुस्तकालयको व्यवस्थापन गर्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको भानु सामुदायिक सिकाई केन्द्रका अध्यक्ष सिमन्त न्यौपानेले बताए ।

अन्तरक्रियामा प्यूठान नगरपालिकामा रहेका विद्यालयका प्रधानाध्यापकहरू र विभिन्न सामुदायिक सिकाई केन्द्रका अध्यक्षहरू सहभागी रहेका थिए । नगरपालिकामा ५ वटा सामुदायिक सिकाई केन्द्र रहेका छन् ।

सिकाई केन्द्रको व्यवस्थापनका  लागि स्थानीय तहले प्राथमिकता दिएको प्यूठान नगरपालिका वडा नं. ३ का अध्यक्ष तथा प्रवक्ता सुमनराज श्रेष्ठले बताएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...