News Portal

रेडियो सुन्नुहोस्

निजी विद्यालय सञ्चालकहरूद्वारा सदरमुकाममा कोणसभा सम्पन्न

झुलेनी नेटवर्क२०८२ भाद्र १२
६५१ पटक
२०८२ भाद्र १२

निजी विद्यालय सञ्चालकहरूले खलङ्गामा कोणसभा सम्पन्न गरेका छन् ।

निर्माणाधीन शिक्षा ऐनमा राखिएको प्रावधानको विरोध गर्दै अहिले निजी विद्यालय सञ्चालकहरू देशव्यापी आन्दोलनमा छन् । सोही आन्दोलन अन्तरगत नै सदरमुकाममा कोणसभा गरी प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको प्याब्सन प्यूठानका सचिव शरद गौतमले बताए ।

सङ्घीय संसद्को शिक्षा स्वास्थ्य सूचना तथा प्रविधि समितिबाट पारित भर्ई प्रतिनिधिसभामा टेबुल गरिएको विधेयक सच्याउनु पर्ने निजी विद्यालय सञ्चालकहरूको माग छ । प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमए ले उक्त विधेयकको संयुक्त रूपमा विरोध गरिरहेका छन् ।

विरोध कार्यक्रम अन्तरगत नै सदरमुकाममा कोणसभा गरिएको हो । प्याब्सन प्यूठानका अध्यक्ष दिपेन्द्र जि.सी. को अध्यक्षतामा भएको कोणसभालाई प्याब्सनका पूर्व केन्द्रीय सदस्य जगन्नाथ पोख्रेल र सल्लाहकार गिर बहादुर भण्डारीले सम्बोधन गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...