News Portal

रेडियो सुन्नुहोस्

निजी विद्यालय सञ्चालकहरूद्वारा सदरमुकाममा कोणसभा सम्पन्न

झुलेनी नेटवर्क२०८२ भाद्र १२
४४८ पटक
२०८२ भाद्र १२

निजी विद्यालय सञ्चालकहरूले खलङ्गामा कोणसभा सम्पन्न गरेका छन् ।

निर्माणाधीन शिक्षा ऐनमा राखिएको प्रावधानको विरोध गर्दै अहिले निजी विद्यालय सञ्चालकहरू देशव्यापी आन्दोलनमा छन् । सोही आन्दोलन अन्तरगत नै सदरमुकाममा कोणसभा गरी प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको प्याब्सन प्यूठानका सचिव शरद गौतमले बताए ।

सङ्घीय संसद्को शिक्षा स्वास्थ्य सूचना तथा प्रविधि समितिबाट पारित भर्ई प्रतिनिधिसभामा टेबुल गरिएको विधेयक सच्याउनु पर्ने निजी विद्यालय सञ्चालकहरूको माग छ । प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमए ले उक्त विधेयकको संयुक्त रूपमा विरोध गरिरहेका छन् ।

विरोध कार्यक्रम अन्तरगत नै सदरमुकाममा कोणसभा गरिएको हो । प्याब्सन प्यूठानका अध्यक्ष दिपेन्द्र जि.सी. को अध्यक्षतामा भएको कोणसभालाई प्याब्सनका पूर्व केन्द्रीय सदस्य जगन्नाथ पोख्रेल र सल्लाहकार गिर बहादुर भण्डारीले सम्बोधन गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...