News Portal

रेडियो सुन्नुहोस्

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

झुलेनी नेटवर्क २०८२ पाैष २३ गते
६०८ पटक
२०८२ पाैष २३ गते
सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति व्यस्त रहने बजार क्षेत्र विजुवार चोक र भौकामा ‘बजार क्षेत्र गति सिमित’ र‘हर्न निषेध’ लेखिएको ट्राफिक चिन्ह अंकित होडिङ बोर्ड राखिएको छ ।
इलाका प्रहरी कार्यालय बिजुवारका प्रहरी निरिक्षक मिलन पाण्डेको नेतृत्वमा ट्राफिक चिन्ह अंकित होडिङ बोर्ड राखिएको प्रहरी जवान जीवराज गिरीले जानकारी दिए । यो क्षेत्रमा नियमित रुपमा ट्राफिक  चेकजाँच भैरहने उनले बताए।
अस्थायी ट्राफिक पोष्ट बिजुवारका प्रहरी सहायक हवल्दार लछुमान गिरी र प्रहरी जवान जीवराज गिरी सहितको टोलीले सन्देशमुलक बोर्ड राखेको हो ।
दुर्घटना न्यूनीकरणका लागि सडक सुरक्षामा विशेष ध्यान दिन सचेतनामुलक कार्य अन्तरगत व्यस्त क्षेत्रमा चिन्ह राखिएको सहायक हवल्दार गिरीको भनाई छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...