News Portal

रेडियो सुन्नुहोस्

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

झुलेनी नेटवर्क २०८२ चैत्र १६ गते
१८१ पटक
२०८२ चैत्र १६ गते

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन् । भोलि चैत १७ गते मंगलबारबाट १९ गते सम्म महासंघको काठमाडौंमा १३ औँ महाधिवेशन तथा २६ औं वार्षिक साधारणसभा हुँदैछ ।

प्यूठानको बिजुवारमा जन्मिएका श्रेष्ठ विगत २२ वर्षदेखि निरन्तर निर्माण व्यवसायको क्षेत्रमा क्रियाशील छन् । २०३६ साल पुस १० गते जन्मिएका श्रेष्ठ बुबा गोपालप्रसाद श्रेष्ठको प्रेरणाबाट यस क्षेत्रमा लागेको बताउँछन् । उनले स्वर्गद्धारी बहुमुखी क्याम्पस बिजुवार प्यूठानबाट अर्थशास्त्रमा स्नातक उत्र्तिण गरेका छन् । विभिन्न पेशा व्यवसायको अनुभव गर्दै निर्माण व्यवसायमा हात हालेपछि सफल भएको श्रेष्ठ बताउँछन् ।

आर्थिकोपार्जन गर्ने नयाँ नयाँ क्षेत्र र अर्थ व्यवस्थापनलाई चुस्तदुरुस्त पार्ने काममा उनी अब्बल मानिन्छन् । स्थानीय गैर सरकारी संस्था कालिका विकास केन्द्र नेपालमा उनी कोषाध्यक्ष पदमा रहेर काम गरेको उनको अनुभव छ । त्यही संस्थाले सञ्चालन गरेको डिएफआइडी अन्तर्गत आशा कार्यक्रमको समेत उनले लेखापाल भएर चार वर्षसम्म काम गरेका थिए । श्रेष्ठसंग प्यूठान उद्योग वाणिज्य संघको तीन वर्षसम्म कोषाध्यक्ष भएर समेत काम गरेको अनुभव छ ।

त्यस्तै उनी निर्माण व्यवसायी संघ प्यूठानको सचिव समेत भए । जिल्लामा निर्माणको क्षेत्रमा उत्कृष्ट काम गरेको अनुभवकै आधारमा उनले नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रमा पाइला  अगाडी बढाएका हुन। महासंघको केन्द्रमा उनी २०७२ सालदेखि हालसम्म निरन्तर केन्द्रीय सदस्य पदमा क्रियाशील छन् । अघिल्लो १२ औं महाधिवेशनमा भने उनी आन्तरिक उपमहासचिव पदमा झिनो मतान्तरले पराजय भएपछि उनलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको थियो ।

 

उनले २०६० पुस १० गते आँशु निर्माण सेवा कम्पनी स्थापना गरेर हालसम्म निरन्तर सञ्चालन गरिरहेका छन् । जिल्लामा आँशु निर्माण सेवाले दर्जनौं संख्यामा पक्कीपुल सहित सडक, गाउँपालिका, नगरपालिकाका प्रशासनिक भवन निर्माण, विभिन्न स्वास्थ्यचौकीहरु लगायत काम सम्पन्न गरेको छ । साथै देशभरमै आँशु निर्माण सेवाले ख्याती कमाएको छ ।

आफुले जिम्मा लिएका कुनै पनि योजनाहरुको काम हालसम्म अलपत्र नपारेको श्रेष्ठ बताउँछन । बरु सरकारसंग सम्झौता गरेको योजनाको काम समय अगाडी नै सम्पन्न गरेर राज्यबाट बोनस समेत पाएका छन् ।

व्यवसायप्रतिको निरन्तरता र लगनशिलताकै कारण यसपटक आफुले केन्द्रीय कोषाध्यक्ष पदमा उम्मेदवारी दिएको उनले बताए । ‘मैले अहिलेसम्म जति काम गरे सबै काम इमान्दारीता साथ गरे श्रेष्ठले भने,‘ यसैले नै  फर्मलाई माथि उठाएको छ।’ निर्माण व्यवसायीका पीडा के हुन् ? खास भूगोलमा के समस्या छ ? त्यसलाई कसरी समाधान गर्ने भन्ने आफूसंग धेरै अनुभव रहेको श्रेष्ठले बताए ।

निर्माण व्यवसायी केन्द्रको पदाधिकारीमा निर्वाचित भए निर्माण व्यवसायीको हित र राष्ट्र« निर्माणमा योगदान दिने प्रतिक्रिया दिए । निर्माण व्यवसायी महासंघको निर्वाचनमा नेतृत्वका लागि आङ दोर्जी लामा र निकोलश पाण्डे दुई समुह भिड्दै छन् ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...

प्यूठानमा मिनी बस दुर्घटना १६ घाइते, ७ जनालाई बुटवल रिफर

प्यूठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार...

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...

    बाग्दुला–बाहाने सडक कालोपत्रे हुँदै 

    उत्तरी प्यूठानलाई जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुलासँग जोड्ने बाग्दुला–बाहाने सडक स्तरोन्नति गरी कालोपत्रे गर्नका...

सूर्य थापाले बुझाए निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण

नेकपा (एमाले) प्यूठानका तर्फबाट उम्मेदवार बनेका सूर्य बहादुर थापा क्षेत्रीले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक...