News Portal

रेडियो सुन्नुहोस्

बाग्दुला– बिजुवार क्षेत्रमा मदन भण्डारी मार्गको डीपीआर छैन

गिरुप्रसाद भण्डारी२०८३ वैशाख ३१
९६८ पटक
२०८३ वैशाख ३१

प्यूठान–बिजुवार–बाग्दुला सडक खण्ड मदन भण्डारी राजमार्ग अन्तर्गत डीपीआर नभएको आयोजनाले जनाएको छ । गुल्मीको तम्घास सिमल टारी,प्यूठान सौतामारे हुँदै हाल मच्छिसम्म मात्र डीपीआर भएर काम भइरहेको आयोजना प्रमुख रमेश चौधरीले बताए ।  डीपीआर भएर नेपाल सरकाले सडकको क्षेत्र तोकेपछि मात्र सडकको सीमा कायम हुने चौधरीले बताए ।

‘हाल बाग्दुलादेखि बिजुवार–चकचके खण्ड सहायक राजमार्ग अन्तर्गत पर्छ’ उनले भने, ‘यसलाई राष्ट्रिय राजमार्ग कायम गर्नकालागि नेपाल सरकारले डिपीआर स्वीकृत गरेर निर्णय थाल्नुपर्छ ।’ सार्वजनिक सडक ऐन २०३१ को दफा ३ अनुसार सहायक राजमार्ग केन्द्र रेखा देखि दायाँ/बायाँ दुवै तिर पन्ध्र/पन्ध्र मिटर तोकेको छ ।

चौधरीका अनुसार यो सडकको सीमा हालकालागि पन्ध्र/पन्ध्र हो । यसलाई फेर्न नेपाल सरकार मन्त्रीपरिषद्ले निर्णय गरेर सीमा तोक्नुपर्छ । केही वर्ष पहिले यो सडकको चकचकेदेखि जुम्रीसम्म पन्ध्र/पन्ध्र मिटर दायाँ/बायाँ सीमा कायम गरी सिमेन्टका पोल समेत गाडिएको थियो । तर अझैसम्म सडक लगत कट्टा  भने भएको छैन ।

नेपाल सरकार मन्त्री परिषद्को २०७८ वैशाख १३ को निर्णय अनुसार मदन भण्डारी राजमार्ग प्यूठान क्षेत्रमा सौतामारे– मन्छी– बाग्दुला –बिजुवार चकचके हुँदै जाने भनिए पनि सडकको चौडाइ भने तोकिएको छैन । सडक क्षेत्रका घर निर्माण गर्दा नक्सा पास सडक डिभिजन कार्यालय प्यूठानको रायअनुसारै पन्ध्र सेडव्याक थप ६ मिटर  कायम गरेर प्यूठान नगरपालिकाले दिने गरेको छ ।

हालको सवारी चापलाई मध्यनजर गरेर प्यूठान नगरपालिकासँग समन्वय गरी क्वाडिदेखि साडेखोलासम्म साडेसात/साडेसात मिटर चौडा बनाउने काम भइरहेको सडक डिभिजन कार्यालय प्यूठानका प्रमुख दिपक सुनारले बताए । ‘हाल  दाखाक्वाडि क्षेत्रमा निर्माण भएको सडकको सीमा यत्ति हो भनेर बुझ्नु भएन’ उनले भने, ‘यो त केही समय सवारी चाँप घटोस् भन्ने मात्र हो ।’ उनले सडकको सीमा साडेसात मिटर भयो भनेर भौतिक संरचना नबनाउन स्थानीयलाई सुझाव समेत दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...