News Portal

रेडियो सुन्नुहोस्

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

झुलेनी नेटवर्क २०८३ असार २९ गते
३६७ पटक
२०८३ असार २९ गते

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार किशोरीहरूले नियमितरूपमा आइरन चक्की र पोषिलो खाना नखाँदा जिल्लामा यो समस्या जटिल बन्दै गएको हो ।
विशेष गरी जिल्लाका दुर्गम ग्रामीण क्षेत्रको तुलनामा सुविधायुक्त र सहरी क्षेत्रका किशोरीहरूमा रक्तअल्पता बढी देखिएको स्वास्थ्य कार्यालय प्यूठानका तथ्याङ्क फोकल पर्सन कौशलराज वैद्यले जानकारी दिए। उनका अनुसार सहरी क्षेत्रका किशोरीहरुले जंङफुड बढी प्रयोग गर्ने गर्दा यस्तो समस्यमा देखिएको हो ।


स्वास्थ्य कार्यालय र स्थानीय तहमार्फत जिल्लाका विद्यालयहरूमा किशोरीहरूलाई खुवाउनका लागि नियमित रूपमा आइरन चक्की वितरण गरिँदै आएको छ । तर, किशोरीहरूले उक्त चक्की प्रभावकारी रूपमा सेवन नगरेको पाइएको फोकल पर्सन वैद्यले बताए । “हामीले विद्यालयमार्फत आइरन चक्की पु¥एका छौँ,“ वैद्यले भने, “तर किशोरीहरूले यसलाई नियमित रूपमा सेवन नगर्दा सोचेजस्तो सुधार आउन सकेको छैन्।” किशोरी अवस्थामा हुने रक्तअल्पताले उनीहरूको शारीरिक तथा मानसिक विकासमा गम्भीर असर पु¥याउने स्वास्थ्यकर्मीहरू बताउँछन् । यसले किशोरीहरूको चौतर्फी विकास नै रोकिन सक्ने भएकाले यसलाई गम्भीर स्वास्थ्य समस्याका रूपमा लिनुपर्ने स्वास्थ्य कार्यालयको भनाइ छ ।

किशोरीहरूलाई स्वस्थ राख्न र उनीहरूलाई नियमित रूपमा आइरन चक्की खुवाउने वातावरण सिर्जना गर्न अब स्थानीय तहले विशेष कदम चाल्नुपर्ने र यसमा स्थानीय सरकारको भूमिका सबैभन्दा बढी हुने स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...