News Portal

रेडियो सुन्नुहोस्

सरिता कार्कीको “लाउछ माया” युटुबको ट्रेडिङ १९ मा हेर्नुहोस्

गोविन्द विश्वकर्मा काठमाडौं
१२५३ पटक
काठमाडौं

चर्चित गायिका सरिता कार्की र कुलेन्द्र बिकले गाएको गीत पनि ट्रेनिङ न.१९ मा प्रबेस गरेको छ । विगत लामो समय देखि नेपाली लोकदोहोरी गीत संगीत जगतम निकै चर्चा कमाउन सफल तथा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनु भएकी गायिका सरिता कार्की यति बेला निकै राम्रो गीत ‘लाउँछ माया’ लिएर फेरी आउनु भएको छ । गायिका सरिता कार्की देश तथा विदेशमा हुने कार्यकर्ममा पनि निकै रुचाएको कलाकार हुनु हुन्छ ।

‘लालुमै’ जस्ता चर्चित गीत बजारमा ल्याएको शिव हमालकै शब्द र संगीतमा अर्को झट्का संगीतप्रेमीलाई लागेको छ ‘लाउँछ माया’ । लालुमैले ८ मिलियनको यात्रा पार गरिसकेको अवस्थामा नयाँ गीत ‘लाउँछ माया’ बजारमा आएपछि फेरी चर्चा सुरु भएको छ । कुलेन्द्र विश्वकर्मा र सरिता कार्कीको स्वरमा रहेको यस गीतको संगीत संयोजन भने आशिष अबिरलकै रहेको छ । पछिल्लो समय लोकदोहोरीलाई फरकपनमा प्रवेश गराउन सफल भएका छन् संगीत संयोजक आशिष अबिरल । उनको संगीत संयोजनको गीत सालको पात, लालुमै, जाम सुस्तै सुस्तै जस्तै ‘लाउँछ माया’ पनि सफल देखिएको छ ।

लाउँछ मायाको भिडियोमा महेन्द्र गौतम र सुरक्षा पन्तको अभिनय रहेको छ भने प्रकाश भट्टको निर्देशन रहेको छ । राजेश घिमिरेको छायाँकनमा विष्णु शर्माको सम्पादन रहेको भिडियोलाई साइभिजन प्रालिले पोष्ट प्रोडक्सनको काम गरेको छ भने गायिका सरिता कार्कीको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।
भिडियो :

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बीमाको विषयमा पत्रकारसंग अन्तरक्रिया सम्पन्न

बीमाको विषयमा पत्रकारहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम जुम्रीमा सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकरण...

प्यूठानमा विगतभन्दा धेरै बजेट आएको छः मन्त्री थापा

लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले विगतभन्दा जिल्लामा धेरै बजेट आएको बताएका...

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...