News Portal

रेडियो सुन्नुहोस्

सरिता कार्कीको “लाउछ माया” युटुबको ट्रेडिङ १९ मा हेर्नुहोस्

गोविन्द विश्वकर्मा काठमाडौं
१५३६ पटक
काठमाडौं

चर्चित गायिका सरिता कार्की र कुलेन्द्र बिकले गाएको गीत पनि ट्रेनिङ न.१९ मा प्रबेस गरेको छ । विगत लामो समय देखि नेपाली लोकदोहोरी गीत संगीत जगतम निकै चर्चा कमाउन सफल तथा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनु भएकी गायिका सरिता कार्की यति बेला निकै राम्रो गीत ‘लाउँछ माया’ लिएर फेरी आउनु भएको छ । गायिका सरिता कार्की देश तथा विदेशमा हुने कार्यकर्ममा पनि निकै रुचाएको कलाकार हुनु हुन्छ ।

‘लालुमै’ जस्ता चर्चित गीत बजारमा ल्याएको शिव हमालकै शब्द र संगीतमा अर्को झट्का संगीतप्रेमीलाई लागेको छ ‘लाउँछ माया’ । लालुमैले ८ मिलियनको यात्रा पार गरिसकेको अवस्थामा नयाँ गीत ‘लाउँछ माया’ बजारमा आएपछि फेरी चर्चा सुरु भएको छ । कुलेन्द्र विश्वकर्मा र सरिता कार्कीको स्वरमा रहेको यस गीतको संगीत संयोजन भने आशिष अबिरलकै रहेको छ । पछिल्लो समय लोकदोहोरीलाई फरकपनमा प्रवेश गराउन सफल भएका छन् संगीत संयोजक आशिष अबिरल । उनको संगीत संयोजनको गीत सालको पात, लालुमै, जाम सुस्तै सुस्तै जस्तै ‘लाउँछ माया’ पनि सफल देखिएको छ ।

लाउँछ मायाको भिडियोमा महेन्द्र गौतम र सुरक्षा पन्तको अभिनय रहेको छ भने प्रकाश भट्टको निर्देशन रहेको छ । राजेश घिमिरेको छायाँकनमा विष्णु शर्माको सम्पादन रहेको भिडियोलाई साइभिजन प्रालिले पोष्ट प्रोडक्सनको काम गरेको छ भने गायिका सरिता कार्कीको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।
भिडियो :

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...