News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा चरेस ओसारपोसार गर्ने एकजना पक्राउ

सिखबर संवाददाता११ मंसिर, प्यूठान
१६८३ पटक
११ मंसिर, प्यूठान

लागुअौषध चरेससहित प्यूठानका एकजना पक्राउ परेका छन्।
गौमुखी गाउँपालिका वर्डा न ३ रजवाराका बलराम पुन चरेस ओसारपोसार गरिरहेकै अवस्थामा प्रक्राउ परेका हुन। अन्य ३ जना फरार रहेका छन्।

प्रदेश नम्वर ५ प्रहरी कार्यालय तुल्सीपुर व्यूरोबाट खटेको टोलीले बुधवार विहान उनलाई बाटोमै प्रक्राउ गरेको हो ।

बोरामा चरेस बोकेर झरिरहेको अवस्थामा पुनलाई प्रक्राउ गरिएको प्रहरी निरिक्षक प्रमोद क्षेत्रीले जानकारी दिए। ‘विशेष सुराकीका आधारमा प्रक्राउ गरेका हौँ’,क्षेत्रीले भने,‘प्रक्राउ परेका पुनलाई प्रहरी चौकी मच्छिमा जिम्मा लगाएर फर्कियौँ ।’

पुनलाई गौमुखि र मदाने गाउपालीकाको सिमाक्षेत्रवाट प्रहरिले पक्राउ गरेको थियो। रजवारावाट गाउंपालीका केन्द्र पुग्न मदानेको अग्लुङ भएर जानुपर्दछ।

औषध (नियन्त्रण) ऐन २०३३ को दफा १४ (घ) को उपदफा ५ अनुसार लागुअौषध ओसारपोसार गर्ने त्यस प्रकृतिको मुद्घामा २ देखि १० वर्षसम्म कैद र १५ हजारदेखि एकलाख रुपैँयासम्म जरिवाना हुनसक्ने अधिवक्ता डा.शिवराज पण्डितले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...