News Portal

रेडियो सुन्नुहोस्

अर्घाखाँची वस दुर्घटनामा १५ को मृत्यु

सिखबर संवाददाता११ मंसिर, प्यूठान
१३६२ पटक
११ मंसिर, प्यूठान

अर्घाखाँची बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ । सन्धीखर्क नगरपालिका-६, नरपानीमा भएको दुर्घटनामा १५ जनाको मृत्यु भएको ५ नं. प्रदेश प्रहरी कार्यालयले पुष्टि गरेको हो ।

प्रदेश प्रहरी प्रमुख डीआईजी सुरेश विक्रम शाहका अनुसार सन्धीखर्कबाट बुटवलतर्फ आउँदै गरेको लु२ख २१४८ नम्बरको गाडी सडकबाट करिब चार सय मिटर तल खसेको छ ।

दुर्घटनामा अन्य ११ जना घाइते छन् । घाइते मध्ये दुई जनाको सन्धीखर्कमै उपचार भइरहेको छ भने अन्यलाई बुटवलतर्फ लगिएको छ । दुर्घटनामा नं. ५ बाहिनी रुपन्देहीमा कार्यरत सशस्त्र प्रहरी जवान राजकुमार महतको मृत्यु भएको । अन्य मृतक र घाइतेको भने समाचार तयार पार्दासम्म सनाखत हुन सकेको छैन ।

अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट डीएसपी प्रकाश विष्टको नेतृत्वको टोली उद्दारका लागि खटिएको छ ।

श्रोत:अनलाईनखवर(onlinekhabar.com)

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...