News Portal

रेडियो सुन्नुहोस्

२४ हजार वढि वालवालिकालाई दादुरा-रुवेला खोप लगाईदै

सिखबर संवाददाता२८ माघ, प्यूठान
१६२२ पटक
२८ माघ, प्यूठान

दादुरा-रुवेला रोग विरुद्धको खोप लगाउने राष्टिय अभियान अन्तरगत प्यूठान जिल्लामा २४ हजार ८ सय २४ जना वालवालिकालाई उक्त रोगविरुद्धको खोप लगाउने गरि अभियान अगाडि वढाईएको छ। जिल्लाभरमा दुई चरणमा अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले वताए।

पहिलो चरणमा फागुन ७ गतेदेखि १५ गतेसम्म मल्लारानी गाउँपालीका, नौवहिनी गाँउपालीका, झिमरुक गाँउपालीका र गौमुखि गाँउपालीकाका सवै वडाहरुमा रहेका खोप केन्द्रवाट वालवालिकालाई खोप लगाईनेछ। फागुन १८ गतेदेखी २६ गतेसम्म प्यूठान नगरपालीका, स्वर्गद्धारी नगरपालीका, माण्डवि गाँउपालीका, सरुमारानी गाँउपालीका र ऐरावती गाँउपालीकामा उक्त अभियान सञ्चालन हुनेछ। जिल्लामा उपलव्ध जनशक्ति, नियमित खोप अभियान र अन्य प्राविधिक अवस्थाका आधारमा जिल्लामा दुई चरणमा ४ सय ५५ कर्मचारी र ९ सय १० जना स्वयंसेवक परिचालन गरी अभियान सम्पन्न गरिने सुवेदीले वताए।
दादुरा रुवेला रोग निवारणको सन् २०१६ देखी २०१९ सम्मको लक्ष्य पुरा हुन नसकेपछी नेपालमा सन् २०२३ सम्म निवारण गर्ने लक्ष्य अगाडि वढाईएको छ। १ जना संक्रमितवाट १८ जना सम्मलाई सर्नसक्ने दादुरा रुवेला भाईरल संक्रमणवाट सर्ने रोग हो यसको कुनैपनी उपचार हुदैन। जुनसुकै उमेर समुहकालाई लाग्नसक्ने यो रोगको मुख्य जोखिममा ५ वर्ष मुनीका वालवालीका रहेका छन्।

सरोकारवालालाई अभिमुखिकरण गरियो।
दादुरा रुवेला रोग विरुद्धको खोप अभियानको वारेमा आज जिल्ला खोप समन्वय समितीका पदाधिकारी र सञ्चारकर्मिहरुका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। जिल्ला स्वास्थ्य कार्यालय प्यूठानको आयोजनामा सम्पन्न अभिम्खिकरणमा जिल्ला समन्वय समित, विभिन्न स्थानिय तहका प्रमुख, प्रमुख जिल्ला अधिकारी, पत्रकार र सरोकारवालाको उपस्थिती रहेको थियो।
कार्यक्रममा वोल्दै जिल्ला समन्वय समिती प्यूठानका प्रमुख केशवराज आचार्यले यो अभियान वालवालिकाको जिवन रक्षासंग जोडिएको महत्वपुर्ण अभियान भएकाले सवै सरोकारवालाहरुको पहलमा अभियान सम्पन्न गर्न जरुरी रहेको वताउनु भयो।
नेपाल पत्रकार महासंघ प्यूठानका निवर्तमान अध्यक्ष गिरुप्रसाद भण्डारीले यो अभियानको क्रममा सञ्चारकर्मिले वालवालिकाका अभिभावकमाझ सन्देश पुर्याउन सक्रिय भुमिका निर्वाह गर्ने वताउनु भयो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...