News Portal

रेडियो सुन्नुहोस्

एमसिसि वारे प्यूठानमा अन्तरक्रिया सम्पन्न

सिखबर संवाददाता६ फागुन, प्यूठान
१७७९ पटक
६ फागुन, प्यूठान

मिलिनियम च्यालेञ्ज कर्पोरेसन(एमसिसि) सम्वन्धमा प्यूठानमा अन्तरक्रिया सम्पन्न भएको छ। सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मै शाझा धारणा वन्न नसकेको अवस्थामा जिल्लामा उक्त कार्यक्रम भएको हो।

हाम्रो एकता प्रकाशन गृह प्यूठानको आयोजनामा मंगरबार जुम्रीमा भएको नेपालको सन्दर्भमा मिलियन च्यालेन्ज कर्पोरेशन(एमसिसि) यथार्थता र आवश्यकता बिषय अन्तरक्रिया कार्यक्रममा आफ्नो प्रस्तुतीकरण राख्दै नेकपाका स्थायी समिति सदस्य लिलामणी पोख्रेलले एमसिसि अमेरिकी शैन्य रणनितीको अंश हुनसक्ने वताउनु भयो।

अर्को प्रसंगमा नेता पोख्रेलले भारतले पश्चिम लिपुलेखदेखी सुस्ता र पुर्वका केही भागमा समेत भारतले नेपालको सिमा अतिक्रमण गरेको वताउनु भयो।

हाम्रो एकता प्रकाशन गृहका सञ्चालक सुशील पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पत्रकार महासंघका अध्यक्ष महाविर रानाले गर्नुभएको थियो। स्वागत मन्तव्य प्रकाशन गृहका प्रवन्धक टिकाराम पोख्रेलले राख्नुभएको थियो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...