News Portal

रेडियो सुन्नुहोस्

जिल्ला अस्पताल प्यूठानलाई स्वास्थ्य सामग्री हस्तान्तरण

नोमराज पौडेलचैत्र ५ गते
१४३१ पटक
चैत्र ५ गते

प्यूठान, जिल्ला अस्पताल बिजुवारलाई आज सहयोग स्वरुप स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।जिल्लाको एक मात्र सरकारी अस्पताल प्यूठान जिल्ला अस्पताल बिजुवारलाई एक कार्यक्रमक ाबिच सामग्री हस्तान्तरण गरिएको हो।

नर्भिक इन्टरनेशनल हस्पिटल काठ्माण्डौंको सहयोगमा अस्पतालमा आउने बिरामीहरुका लागि आवश्यक पर्ने करिब ३ लाखरुपैंया बरावरकोे ३५ थान म्याट्रेस बेड, ३५ थान सिरानी ,३५ थानब्ल्यांकेट र ७० थान बेड कभर हस्तान्तरण गरिएको हो।
राष्ट्रिय योजना आयोगकापुर्व उपाध्यक्ष डा. गोबिन्द राजपोखरेलको पहलमा नर्भिक इन्टरनेशनल हस्पिटल काठ्माण्डौंले दिएको सामग्री डा. पोखरेलले अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.अमृत पन्थीलाई प्रदान गर्नुभएको हो। कार्यक्रममा प्यूठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपतिले अस्पतालको विकासको लागि आफुहरु लागि परेको भन्दै अस्पतालको विकासमा सहयोग रकम जुटाउन पहलगर्नुभएकोमा डा. पोखरेललाई धन्यवाददिनुभयो ।उहाँलेभन्नुभयो–“ अस्पतालको विकास र सुधारको लागि स्थानियतह देखि प्रदेश र केन्द्रसम्म पहल गरिरहेको छु । नगर प्रमुख भएकोले पनि यसको स्तरोन्नति गर्न र यहाँबाट स्तरिय सेवाप्रदानगर्न सक्ने बनाउनु मेरो दायित्व हो ,यसकालागि म प्रतिबद्ध छु।”उहाँले जिल्ला अस्पताल प्यूठान ५० शैय्यामा स्तरोन्नतिका लागि स्विकृत भैसके पनि आवश्यक जग्गा उपलब्ध नहुँदा काम अगाडी बढाउन नसकिएको बताउनु भयो ।
त्यस्तै कार्यक्रममा सहयोग जुटाउन पहल गर्नुभएका डा. पोखरेलले अस्पतालमा उडुसले टोकेर विरामीलाई सास्ती भएको आफुले थाहा पाएको र नर्भिक अस्पतालका फाउन्डर बसन्त चौधरीको सहयोगमा उक्त सामान जिल्ला अस्पताललाई प्रदान गरिएको बताउनु भयो ।उहाँले भन्नु भयो–“जिल्लाको अस्पतालमा सानो भएपनि सहयोग गर्न पाउँदाखुसि लागेको छ ।
अस्पतालको स्तर जति वृद्धि गर्न सक्छौ हामीलाई नै सजिलो हुन्छ ।”जिल्लाको एक मात्र अस्पतालबाट सबै सेवाहरु उपलब्ध गराउन र गुणस्तरिय सेवा प्रदान गर्नका लागि सबै प्यूठानीहरु एकताबद्ध भएर अघि बढ्नु पर्ने उहाँको भनाई छ ।
कार्यक्रममा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.अमृत पन्थीले आफु जिल्ला अस्पतालमा आएदेखि अस्पतालको सुधारकालागि मेहनतगरिरहेको भन्दै सहयोग गर्ने सबैलाई धन्यवाददिनुभयो ।उहाँले पहिलेको तुलनामा अस्पतालमा व्यवस्थापन र सेवाको सुधार भएको बताउनुभयो ।नागरिकलाई सहज र गुणस्तरिय सेवा प्रदान गर्नका लागि प्रतिबद्ध रहेको उहाँको भनाई छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सांसद थापाद्वारा आन्दोलनरत शिक्षकसंग छलफल

प्यूठान जिल्लाबाट निर्वाचित सङ्घीय सांसद (प्रतिनिधि सभा सदस्य) सूर्य थापाले शिक्षकहरुसंग छलफल गरेका छन् ।...

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सम्वन्धि अन्तरक्रिया माण्डवीमा सम्पन्न

भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम माण्डवी गाउँपालिकामा सम्पन्न भएको छ । अख्तियार...

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन सम्वन्धि अन्तरक्रिया सरुमारानीमा सम्पन्न

भ्रस्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सरुमारानीमा सम्पन्न भएको छ । अख्तियार दुरुपयोग...

शिक्षकहरुको आन्दोलन जारी, सुनेनन सरकारको अनुरोध

  सरकारको अनुरोधको बेवास्ता गर्दै शिक्षकहरुको आन्दोलन जारी रहेको छ । सरकारले बैशाख १२ गते...

शिक्षकको आन्दोलनले सरकारी विद्यालय सुनसान, निजीमा धमाधम भर्ना

शिक्षकहरूको आन्दोलनका कारण सरकारी विद्यालयको गतिविधि ठप्प हुँदा निजी विद्यालयले भने धमाधम भर्ना अभियान सञ्चालन...