News Portal

रेडियो सुन्नुहोस्

प्यूठानको दरवानमा प्रहरी नियन्त्रणमा रहेका ५७ जनालाई ५ घण्टापछि घर पठाइयो

नोमराज पौडेलचैत्र ११, २०७६
१२४८ पटक
चैत्र ११, २०७६

कोरोना भाइरसको संक्रमण जिल्लामा फैलिन नदिनका लागि देशभरि नै लकडाउन गर्ने भनिए पनि प्यूठानमा अवज्ञा गरेको भन्दै प्रहरीले दरवानमा रोकेर राखेका यात्रुलाई गन्तव्यमा पठाएको छ।
३५ वटा मोटरसाईकलमा सवार ५७ जनालाई सम्झाईबुझाई गरेर गन्तव्यतर्फ पठाएको प्यूठान जिल्लाका निमित्त प्रहरी प्रमुख पोषणराज ढकालले बताउनुभयो। उहाँका अनुसार दांगको भालुवांगबाट प्यूठानतर्फ आउँदै गरेका ३५ वटा मोटरसाईकलमा सवार ५७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
सरकारले विहान ६ बजे देखि आवतजावतमा रोक लगाए पनि मोटरसाइकलमा सवारलाई दरवानमा हेल्थ डेक्समा चेकजाँच पछि प्रहरीले नियन्त्रणमा राखेको थियो ।सरकारले नेपाल लग डाउन गर्ने निर्णय गरेसंगै अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन प्रहरीले आग्रह गरेको छ। बिहान केहि छिटपुट रुपमा हिडेका ब्यक्तिहरुलाई प्रहरीले सम्झाएर पठाएको निमित्त प्रहरी प्रमुख ढकालले बताउनुभयो। उहाँले भन्नु भयो –“बिहान बजारमा केहि मानिसहरु देखिएका थिए , स्वास्थ्य संवेदनशिलतालाई ख्याल गर्न भन्दै उनीहरुलाई सम्झाएर घर घरमा पठाएका छौं । ” उहाँले हेलचक्राई नगरि सुरक्षित भएर घरभित्र बस्न आग्रह समेत गर्नुभएको छ। जिल्ला प्रहरी कार्यालय प्यूठानले जिल्लाभर भिडभाड र समुहमा हिड्न नदिनका लागि २३ गस्ती , गाउँगाउँमा १० वटा मोटरसाइकल मोवाइल, बजार क्षेत्रमा ४ वटा गाडी मोबाईल परिचालन गरिएको निमित्त प्रमुख ढकालले जानकारी दिनुभयो। सरकारी निर्णयको उल्लंघन नहोस भन्नका लागि नेपाल प्रहरी प्यूठानले उच्च सतर्कता अपनाएको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...