News Portal

रेडियो सुन्नुहोस्

प्यूठान बेल्वासका थमुराम कालाथोकीको शव जंगलमा कुहिएको अवस्थामा फेला

सिखबर संवाददाताचैत २७, स्वर्गद्वारी
१९४१ पटक
चैत २७, स्वर्गद्वारी

प्यूठान जिल्ला स्वर्गद्वारी नगरपालिका वडा नं २ स्वर्गद्वारी धरमपानीको जंगलमा कुहिएको अवस्थामा रहेको शव फेला परेको छ ।
गाउँका स्थानीय मान्छेहरु जंगलमा कोइराल टिप्न जादा देखेपछि प्रहरीलाई खवर गरेका थिए खवर प्राप्त भए लगत्तै प्रहरी घट्ना स्थलमा पुगेको थियो ।घट्ना स्थलमा पुगेर शवको विषयमा अनुसन्धान गर्दा मृतक व्यक्ती स्वर्गद्वारी नगरपालिका वडा नं ७ बेल्बास नल्सी निवासी ३५ वर्षि थमुराम कालाथोकी रहेको प्रहरीले जानकारी दिएको छ ।

कालाथोकी मानसिक सन्तुलन ठिक नभएकाले उपचारको क्रममा घोराही गएको र त्यहाँ देखि फर्किदै गर्दा शिवरात्रीको दिन देखि उनी सम्पर्कविहिन भएको पारिवारिक स्रोतले बताएको छ ।
उनी परिवारको सम्पर्क बाहिर भइसकेपछि आफन्तले प्रहरीमा खोजी गर्नको निम्ति उजुरी दिएका थिए तर उनी फेला परेका थिएनन् आज उनको शव कुहिएको अवस्थामा भेटिएपछि वडा नं २ का जनप्रतिनिधी र प्रहरीको रोहवरमा परिवारलाई जिम्मा लगाइएको २ नम्वरका वडा सदस्य विष्णु खनालले जानकारी दिनुभएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठान अस्पताल जाने सडक एकतर्फी सञ्चालनमा

विजुवार बजार देखी प्यूठान अस्पताल जाने सडक एकतर्फी सञ्चालन हुने भएको छ । उक्त सडक...

विपद् पूर्वको तयारी आवश्यक

विपद् पूर्वको लगानीले ठूलो क्षतिबाट बचाउने सरोकारवालाहरुले बताएका छन् । विपद पूर्वको जोखिम व्यवस्थापन र...

घुम्नजाऔँ गौमुखी शुभारम्भ

‘गौंमुखी भ्रमण वर्ष २०८२’ सुरु भएको छ । पालिकालले प्रर्यटन प्रवद्र्धन समिति गौंमुखी गाउपालिका निर्माण...

राष्ट्रिय दलित पत्रकार संघको स्थापना दिवसमा रक्तदान

राष्ट्रिय दलित पत्रकार संघको छैटौं स्थापना दिवसमा रक्तदान गरिएको छ । प्यूठान शाखाको आयोजनामा रक्तदान...

प्रेस चौतारी र अनेरास्ववियुले संयुक्त रुपमा मनाए गणतन्त्र दिवस

प्यूठानमा पनि गणतन्त्र दिवस भव्य रुपले मनाइएको छ । प्रेस चौतारी नेपाल प्यूठान र अनेरास्ववियु...