News Portal

रेडियो सुन्नुहोस्

प्यूठानबाट स्वाब परिक्षणका लागि पठाएका ९ जनाकै रिपोर्ट नेगेटिभ

दीपा पौडेल२८ चैत्र , २०७६
१०४१ पटक
२८ चैत्र , २०७६

प्यूठान, कोरोना भाईरस संक्रमणको आशंकामा स्वाब परिक्षणका लागि जिल्लाबाट पठाईएका ९ जनाको रिपोर्ट नेगेटिभ आएको छ।
स्वास्थ्य कार्यालय प्यूठान मार्फत परिक्षणका लागि पठाईएका जिल्लाका ७ जना र जिल्ला अस्पताल बाट नमुना संकलन गरी पठाएका २ जना गरी ९ जना कै रिपोर्ट नेगेटिभ आएको हो ।स्वास्थ्य कार्यालय प्यूठानका विपद ब्यवस्थापन फोकल प्रसन पुष्कल श्रेष्ठले दिएको जानकारी अनुसार भारत तथा अन्य तेश्रो मुलुकबाट प्यूठान आएका मध्ये कोरोना भाईरससँग मिल्दाजुल्दा लक्षणहरु देखिएपछि बिरामीहरुलाई परिक्षणका लागि जिल्लाबाट काठमाण्डौं पठाईएको थियो।
स्वास्थ्य कार्यालय मार्फत पठाएका जिल्लाका प्यूठान नगरपालिका वडा नं. १० को १ जना , वडा नं.२ को २ जना, माण्डवी गाउँपालिका वडा नं. ४ को १ जना, मल्लरानी गाउँपालिका वडा नं. ४ को १ जना , ऐरावति गाउँपालिका वडा नं. २ को १ जना र वा नं.५ को १ जना गरि ७ जनाको रिपोर्ट नेगेटिभ आएको हो। त्यस्तै जिल्ला अस्पताल मार्फत स्वाब संकलन गरी पठाएका मल्लरानी गाउँपालिकाका २ जनाको स्वाब संकलन गरी परिक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला बुटवलमा पठाईएकोमा उनीहरुको रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल प्यूठानका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अमृत पन्थीले जानकारी दिए ।
रिपोर्ट नेगेटिभ आएकोले जिल्लाबासीका लागि सकारात्मक कुरा भएको र अझै सचेत भई लकडाउनमा बस्नुपर्ने स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख बिशाल सुवेदीको भनाई छ। उनले भने –“हामीले अहिले सम्म स्वाब परिक्षणका लागिस्वास्थ्य कार्यालय मार्फत पठाएका ७ जना र जिल्ला अस्पतालबाट पठाएका २ जना गरी ९ जना कै रिपोर्ट नेगेटिभ आएको छ, यो खुसीको कुरा हो तर अझै पनि सचेत बन्न र सावधानी अपनाउन भने जरुरी छ।”
स्वाब संकलन गरी जिल्ला अस्पतालको आइसोलेसनमा राखिएका दुवैजनाको स्वास्थ्यमा सुधार आएको भन्दै आज नै उनीहरुलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...