News Portal

रेडियो सुन्नुहोस्

कविता : कमरेड, अब गाउँ नफर्कनुहाेला

२०७७ बैशाख ३,
२७५५ पटक

 

-घनश्याम अस्तित्व

कमरेड,
अँझै चुनाव आएकाे छैन
बिर्सेर पनि नफर्कनुहाेला – हाम्राे गाउँतिर ।

चुनाव अघि
तपाई आउँदा जस्ताे छैन बाटाे
उसै सालकाे बर्षातले बगायाे कालाेपत्रे
काँडा बढी माटाे कम छ,
भाेककाे क्यान्सर र गरिवीकाे पहाडले थिँचिएर
यही समय थला परेकाे छ रामे माइलाे,
राजधानी झरेपछि, टिभिमा हरबखत देख्छु
दाेब्बर बढेकाे छ – तपाईकाे ताैल
कसले बाेकेर घुमाउँला तपाईलाई – हाम्राे गाउँ
कमरेड, अँझै चुनाव आएकाे छैन
बिर्सेर पनि नफर्कनुहाेला – हाम्राे गाउँतिर ।

कमरेड,
बजारमा के जाति ‘लकडाउन’ छ रे
नुन-तेल, बेसार र चामलले
गाउँ अाउँने बाटाे नै बिर्सिए
कसरी टक्र्याउँला हजुरलाई – लाेकल कुखुरा र बियर
कमरेड, साबुन पनि आएकाे छैन गाउँमा
धुलाे-माटाे र गाेबरसंग खेल्ने हाम्रा हातहरू
‘काेराेना’ भन्दा पनि बढी खतरनाक छन्
उभिएर नजिकै कसरी भनुला ‘लालसलाम’
र, कसरी मिलाउला जाेडजाेडले हात
कमरेड, अँझै चुनाव आएकाे छैन
बिर्सेर पनि नफर्कनुहाेला – हाम्राे गाउँतिर ।

कमरेड,
चुनावताका भन्नुहुन्थ्याे
गाउँगाउँमा सिंहदरबार आउछन्
म त यहाँ हरबखत मैमत्त भएर हिँडिरहेका
सिंह र साँढेहरू मात्रै देख्छु
इन्टरनेटकै गति नाघेर फैलेथ्याे
तपाईकाे ‘फ्रि वाइफाइ’काे भाषण
यदि त्यस्ताे हुन्थ्याे हाे त
याे संकटकाे समयमा – म कसरी हेर्दाे हुँ
साउदी र कतारमा
भाेकले तड्पिरहेका दाजु र भाईकाे अनुहार
कमरेड, अँझै चुनाव आएकाे छैन
बिर्सेर पनि नफर्कनुहाेला – हाम्राे गाउँतिर ।

कमरेड, तपाईं अाउनु पनि हामीलाई – अाँधी अाए जस्ताे हुन्छ
कमरेड, तपाईं आउनु पनि हामीलाई – अर्काे महामारी आए जस्ताे हुन्छ
कमरेड, अँझै चुनाव आएकाे छैन
बिर्सेर पनि नफर्कनुहाेला – हाम्राे गाउँतिर ।

कवि ‘अस्तित्व’ उदाहरण समूह, नेपालकाे अभियन्ता हुनुहुन्छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...