News Portal

रेडियो सुन्नुहोस्

भारतमा अलपत्र नेपालीलाई तत्कालै ल्याउन नहुने ः प्रधानमन्त्री

नेपाली राजदुतावास मार्फत ब्यवस्थापन गरिने

सिखबर संवाददाता२१ वैशाख,
८८५ पटक
२१ वैशाख,

आइतवार बसेको मन्त्रिपरिषद बैठकमा भारतमा रहेका नेपालीको बिषयमा छलफल भएको छ।
मन्त्रीहरुले भारतमा अलपत्र परेका नेपाली दाजुभाई दिदीबहिनीहरुलाई कसरी ल्याउने वा के गर्ने भन्ने बिषयमा प्रश्न उठाएका थिए। चण्डीगढमा मात्रै ११ सय नेपाली अलपत्र परेका छन् र उनीहरु नेपाल आउने चाहन्छन्। अन्यत्र पनि अलपत्र परेका नेपालीहरुको संख्या बढ्दो छ भन्ने बिषयमा पनि बैठकमा मन्त्रीहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

मन्त्रीहरुको प्रश्नको जवाफमा प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले त्यहाँको अवस्था गम्भीर नभएको भन्दै लोकप्रिय कुरा गरेर नहुने बताउनुभएको छ। १२ सय मान्छे ल्याउने निर्णय गर्दा २ हजार आउने भन्दै उनले भारतमा रहेका नेपालीहरुलाई ल्याउनु स्वास्थ्यको हिसाबले जोखिमपूर्ण हुने उहाँले बताउनुभयो ।

सिमानामा रहेका मानिसलाई ल्याउन खोज्दा दिल्लीमा रहेका मानिसहरु पनि हिँड्न थाल्ने भएकाले अहिले नै भारतमा रहेका नेपालीको उद्धार सम्भव नभएको क्याबिनेटमा प्रधानमन्त्रीको विश्लेषण थियो ।

भारतबाट कोरोना भित्रिन नदिन सीमानामा अझै कडाइ गर्न प्रधानमन्त्रीले निर्देशन समेत दिनुभएको छ। ।

अब भारतमा समस्यामा परेका नेपालीहरुलाई त्यहीँ रहेको नेपाली दूताबासले हेर्ने गरी परराष्ट्र मार्फत निर्देशन दिइने आज बसेको मन्त्रीपरिषद बैठकको निश्कर्ष रहेको स्रोतले जनाएको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...