News Portal

रेडियो सुन्नुहोस्

कोरोना परिक्षणका लागि जिल्लाका प्राविधिकहरुलाई अभिमुखीकरण

सिखबर संवाददाता१० जेठ, २०७७
७४९ पटक
१० जेठ, २०७७

कोरोना परिक्षणका लागि सहजता ल्याउने उद्देश्यले प्युठान जिल्लामा रहेका ल्याब प्रयोगशालाकर्मीहरुलाई प्रशिक्षित गरिएको छ।
जिल्ला स्वास्थ्य कार्यालय प्युठानको आयोजनामा जिल्लामा रहेका १६ जना प्रयोगशालाकर्मीहरुलाई जिल्लामा र्यापिड डाइगोनोस्टिक टेस्ट (आर.डि.टी)र स्वाब संकलन कसरी गर्न सकिन्छ भन्ने बिषयमा छलफल गरि जानकारी गराईएको कार्यक्रममा सहभागी ल्याब प्रयोगशालाकर्मी बोम बहादुर परियारले जानकारी दिनुभयो।
कोरोना भाइरस सम्बन्धी नमुना संकलन गर्न कन्ट्रयाक्ट टे«सिङ, केस अनुसन्धान, आर.डि.टी परिक्षण, नजल र ओरल स्वाब संकलन, महामारी तथा विपत ब्यवस्थापन कार्यमा थप सहजता ल्याउनका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीले जानकारी दिनुभयो।
जिल्लामा अहिलेसम्म कोरोना भाइरस संक्रमित नभएता पनि पछि कुनै समस्या आउन सक्ने तर्फ सजगता अपनाउँदै समस्या समाधानका लागि प्रयोगशालाकर्मीको अभाव हुन नदिनका लागि तयारी गरिएको सुवेदीको भनाई छ।
नागरिकको समस्यामा आफुहरु आवश्यक परे रातदिन खट्न तयार रहेको जिल्ला अस्पताल प्युठानका प्रयोगशाला प्रमुख डोर बहादुर खड्काले बताउनुभयो। कार्यक्रमको सहजीकरण समेत गर्नुभएका खड्काले अहिलेसम्म जिल्लामा नाकबाट स्वाब संकलन गर्ने गरेको बताउनु भयो । जिल्लामा अहिले भन्दा आगामी दिनहरुमा अझ जोखिम बढ्न सक्ने भएकाले सुरक्षित रुपमा पिपिईको प्रयोग गरि काम गर्न सबै प्रयोगशालाकर्मीलाई आग्रह गर्नु भयो।
विपतको बेला नागरिकको समस्यामा राज्यले आफुहरुको आवश्यकता महसुस गरेमा २४ सै घण्टा सेवा दिन तयार रहेको फोर्टिनाइन मल्टी टेक्निकल इन्स्टिच्युटका ल्याब संकायका संयोजक तथा मेडिकल ल्याब्रोटरी एसोशियन अफ नेपाल प्युठानका अध्यक्ष बिनोद के.सीको भनाई छ। अभिमुखीकरणबाट कोरोना परिक्षणका लागि सहजता हुने विश्वास लिन सकिने स्वास्थ्य पत्रकार मञ्च प्युठानका संयोजक नोमराज पौडेल बताउनुहुन्छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

कर्मचारी संगठनले मनायो ३५ औं स्थापना दिवस, मृगौला पीडितलाई सहयोग

नेपाल निजामती कर्मचारी संगठन प्यूठानले स्थापना दिवसको अवसर पारेर मृगौला पीडितलाई आर्थिक सहयोग गरेको छ...

सांसद थापाद्वारा आन्दोलनरत शिक्षकसंग छलफल

प्यूठान जिल्लाबाट निर्वाचित सङ्घीय सांसद (प्रतिनिधि सभा सदस्य) सूर्य थापाले शिक्षकहरुसंग छलफल गरेका छन् ।...

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सम्वन्धि अन्तरक्रिया माण्डवीमा सम्पन्न

भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम माण्डवी गाउँपालिकामा सम्पन्न भएको छ । अख्तियार...

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन सम्वन्धि अन्तरक्रिया सरुमारानीमा सम्पन्न

भ्रस्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सरुमारानीमा सम्पन्न भएको छ । अख्तियार दुरुपयोग...

शिक्षकहरुको आन्दोलन जारी, सुनेनन सरकारको अनुरोध

  सरकारको अनुरोधको बेवास्ता गर्दै शिक्षकहरुको आन्दोलन जारी रहेको छ । सरकारले बैशाख १२ गते...