News Portal

रेडियो सुन्नुहोस्

कोरोना परिक्षणका लागि जिल्लाका प्राविधिकहरुलाई अभिमुखीकरण

सिखबर संवाददाता१० जेठ, २०७७
११०९ पटक
१० जेठ, २०७७

कोरोना परिक्षणका लागि सहजता ल्याउने उद्देश्यले प्युठान जिल्लामा रहेका ल्याब प्रयोगशालाकर्मीहरुलाई प्रशिक्षित गरिएको छ।
जिल्ला स्वास्थ्य कार्यालय प्युठानको आयोजनामा जिल्लामा रहेका १६ जना प्रयोगशालाकर्मीहरुलाई जिल्लामा र्यापिड डाइगोनोस्टिक टेस्ट (आर.डि.टी)र स्वाब संकलन कसरी गर्न सकिन्छ भन्ने बिषयमा छलफल गरि जानकारी गराईएको कार्यक्रममा सहभागी ल्याब प्रयोगशालाकर्मी बोम बहादुर परियारले जानकारी दिनुभयो।
कोरोना भाइरस सम्बन्धी नमुना संकलन गर्न कन्ट्रयाक्ट टे«सिङ, केस अनुसन्धान, आर.डि.टी परिक्षण, नजल र ओरल स्वाब संकलन, महामारी तथा विपत ब्यवस्थापन कार्यमा थप सहजता ल्याउनका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीले जानकारी दिनुभयो।
जिल्लामा अहिलेसम्म कोरोना भाइरस संक्रमित नभएता पनि पछि कुनै समस्या आउन सक्ने तर्फ सजगता अपनाउँदै समस्या समाधानका लागि प्रयोगशालाकर्मीको अभाव हुन नदिनका लागि तयारी गरिएको सुवेदीको भनाई छ।
नागरिकको समस्यामा आफुहरु आवश्यक परे रातदिन खट्न तयार रहेको जिल्ला अस्पताल प्युठानका प्रयोगशाला प्रमुख डोर बहादुर खड्काले बताउनुभयो। कार्यक्रमको सहजीकरण समेत गर्नुभएका खड्काले अहिलेसम्म जिल्लामा नाकबाट स्वाब संकलन गर्ने गरेको बताउनु भयो । जिल्लामा अहिले भन्दा आगामी दिनहरुमा अझ जोखिम बढ्न सक्ने भएकाले सुरक्षित रुपमा पिपिईको प्रयोग गरि काम गर्न सबै प्रयोगशालाकर्मीलाई आग्रह गर्नु भयो।
विपतको बेला नागरिकको समस्यामा राज्यले आफुहरुको आवश्यकता महसुस गरेमा २४ सै घण्टा सेवा दिन तयार रहेको फोर्टिनाइन मल्टी टेक्निकल इन्स्टिच्युटका ल्याब संकायका संयोजक तथा मेडिकल ल्याब्रोटरी एसोशियन अफ नेपाल प्युठानका अध्यक्ष बिनोद के.सीको भनाई छ। अभिमुखीकरणबाट कोरोना परिक्षणका लागि सहजता हुने विश्वास लिन सकिने स्वास्थ्य पत्रकार मञ्च प्युठानका संयोजक नोमराज पौडेल बताउनुहुन्छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...