News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा ५४ प्रतिशत सुत्केरी महिलाले मात्र गराउँछन पुर्ण स्तनपान

सामाजिक सचेतनामा जोड दिदै प्यूठानका ९ वटै स्थानीय सरकार

दीपा घर्ती पौडेल२३ श्रावण प्यूठान
२३६२ पटक
२३ श्रावण प्यूठान

प्युठान,अगष्ट १ तािरख देखि सुरु भएको विश्व स्तनपान सप्ताह विभिन्न सचेतनामुलक कार्यक्रमहरु गरि प्युठानमा पनि मनाईदै छ।

हरेक बर्ष अगष्ट १ तारिखदेखि ७ तारिखसम्म मनाईने यस सप्ताहको यस बर्षको नारा स्वास्थ्य र सुन्दर संसार,स्तनपान एक मात्र आधार तय गरिएको छ। विश्व स्तनपान सप्ताहको अवसरमा जिल्लाका विभिन्न स्थानीय तहहरुमा स्तनपान सम्बन्धि सचेतनामुलक कार्यक्रमहरु भईरहेको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख बिशाल सुवेदीले जानकारी दिनुभयो ।उहाँले भन्नुभयो –“जिल्लास्तरका कुनै कार्यक्रमहरु नभए पनि सबै स्थानीय तहहरुले आ आफ्नो क्षेत्रमा प्रजनन योग्य उमेरका महिला , विशेष गरि सुनौलो हजार दिन भित्रका आमा र बच्चाहरुलाई लक्षित गरि स्तनपानको महत्व झल्काउने खालका कार्यक्रमहरु सञ्चालन गरिरहेका छन्।”

५ हजार ५सय ७४ रहेको मा ३ हजार २१ जना अर्थात करिब ५४ प्रतिशतले स्तनपान गरेको तथ्यांक स्वास्थ्य कार्यालय प्युठानसंग रहेको छ।

कोभिड –१९ को यो जोखिमपुर्ण समयको ख्याल गर्दै सामाजिक दुरी कायम गर्दै सुरक्षा सर्तकता अपनाएर कार्यक्रमहरु सञ्चालन गर्न उहाँले सबैलाई सुझाव दिनु भएको छ।
लक्षित वर्गसम्म पुर्याउनका लागि समुदाय स्तरबाट कार्यक्रमहरु सञ्चालन गर्दा बढी प्रभावकारी हुन सक्ने भएकाले स्थानीय तहहरुमा आमा समुह ,खोप केन्द्र, गाउँघर क्लिनिक, स्वास्थ्य संस्थाहरुमा स्तनपान गराउने आशन,यसको महत्व र आवश्यकता लगायतका बिषयहरुमा परामर्श तथा जानकारी दिने कार्यहरु सञ्चालन भईरहेको उहाँको भनाई छ।

स्तनपान सप्ताहको अवसरमा जिल्लाका सबै स्थानीय तहहरुले सचेतनामुलक कार्यक्रमहरु आयोजना गरेका छन्।प्युठान नगरपालिकाले नगरपालिका क्षेत्रभित्र रहेका १२ वटै स्वास्थ्य संस्थाहरु मार्फत व्यानर सहित उपस्थित भई स्वास्थ्य संस्थामा सेवा लिन आउने सुनौलो हजार दिन भित्रका आमाहरुलाई यसको महत्व र आवश्यकताको बिषयमा जानकारी प्रदान गर्ने र पुर्ण स्तनपानका लागि सल्लाह सुझाव दिने गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोविन्दराज घिमिरेले जानकारी दिनुभयो।

त्यस्तै स्वर्गद्घारी नगरपालिकाले गाउँघर क्लिनिकलाई बिशेष जोड दिदै त्यहाँ आउने सुनौलो हजार दिन भित्रका आमाहरुलाई परिवार नियोजनका साधन ,पोषण तथा स्तनपानको महत्व र फाईदाको विषयमा जानकारी गराउने गरेको स्वर्गद्घारी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दल बहादुर के सी को भनाई छ।उहाँका अनुसार सबै वडाहरुमा यसको महत्वको बारेमा प्रचारप्रसार तथा परामर्श गरिएको छ।

यसपटक सबै स्थानीय तहहरुले सचेतना कार्यक्रमलाई जोड दिएका छन्। कोभिड –१९ संक्रमणको जोखिम अत्यधिक रहेकाले यसको प्रभावलाई मध्यनजर गर्दै यहि १९ गते देखि २३ गते सम्म सञ्चालन हुने आमा समुहको बैठकमा व्यानर सहित स्तनपान सम्बन्धि विभिन्न सचेतनामुलक कार्यक्रमहरु गर्ने नौबहिनी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ऋषिराम शर्माले जानकारी दिनुभयो।

त्यस्तै स्थानीय तहमा रहेका सबै स्वास्थ्य संस्थाहरुमा महिला स्वास्थ्य स्वयम सेविका ,आमा समुह, गाउँघर क्लिनिकहरु मार्फत स्तनपानको बिषयमा सुसुचित बनाउने कार्य भैरहेको गोैमुखी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद जैसीले जानकारी दिनुभयो।

झिमरुक गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विकास के।सीका अनुसार विश्व स्तनपान सप्ताहको अवसरमा पुर्ण स्तनपानलाई जोड दिदै यसको महत्व र आवश्यकताको बिषयमा लक्षित वर्गहरुलाई जानकारी दिन चेतनामुलक परामर्शका कार्यक्रमहरु सबै वडाहरुमा भैरहेका छन्।

स्वास्थ्य कार्यालय प्युठानका सुचना अधिकारी पुष्कल श्रेष्ठका अनुसार यस बर्ष जिल्लाले लिएको पुर्ण स्तनपानको लक्ष्य अनुसार ५ हजार ५सय ७४ रहेको मा ३ हजार २१ जना अर्थात करिब ५४ प्रतिशतले स्तनपान गरेको तथ्यांक स्वास्थ्य कार्यालय प्युठानसंग रहेको छ।

त्यस्तै जिल्लाका अन्य स्थानीय तहहरु मल्लरानी,माण्डवी,सरुमारानी र ऐरावति गाउँपालिकामा पनि विश्व स्तनपान सप्ताहलाई प्रभावकारी बनाउनका लागि विभिन्न चेतनामुलक कार्यक्रम, चोकमा व्यानर टाँस्ने, सुनौलो हजार दिन भित्रका आमाहरुलाई यसको महत्व र फाईदा तथा सतनपान गराउने आशनको बारेमा जानकारी दिने कार्यहरु भईरहेका छन्।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...