News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा ५४ प्रतिशत सुत्केरी महिलाले मात्र गराउँछन पुर्ण स्तनपान

सामाजिक सचेतनामा जोड दिदै प्यूठानका ९ वटै स्थानीय सरकार

दीपा घर्ती पौडेल२३ श्रावण प्यूठान
१८६१ पटक
२३ श्रावण प्यूठान

प्युठान,अगष्ट १ तािरख देखि सुरु भएको विश्व स्तनपान सप्ताह विभिन्न सचेतनामुलक कार्यक्रमहरु गरि प्युठानमा पनि मनाईदै छ।

हरेक बर्ष अगष्ट १ तारिखदेखि ७ तारिखसम्म मनाईने यस सप्ताहको यस बर्षको नारा स्वास्थ्य र सुन्दर संसार,स्तनपान एक मात्र आधार तय गरिएको छ। विश्व स्तनपान सप्ताहको अवसरमा जिल्लाका विभिन्न स्थानीय तहहरुमा स्तनपान सम्बन्धि सचेतनामुलक कार्यक्रमहरु भईरहेको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख बिशाल सुवेदीले जानकारी दिनुभयो ।उहाँले भन्नुभयो –“जिल्लास्तरका कुनै कार्यक्रमहरु नभए पनि सबै स्थानीय तहहरुले आ आफ्नो क्षेत्रमा प्रजनन योग्य उमेरका महिला , विशेष गरि सुनौलो हजार दिन भित्रका आमा र बच्चाहरुलाई लक्षित गरि स्तनपानको महत्व झल्काउने खालका कार्यक्रमहरु सञ्चालन गरिरहेका छन्।”

५ हजार ५सय ७४ रहेको मा ३ हजार २१ जना अर्थात करिब ५४ प्रतिशतले स्तनपान गरेको तथ्यांक स्वास्थ्य कार्यालय प्युठानसंग रहेको छ।

कोभिड –१९ को यो जोखिमपुर्ण समयको ख्याल गर्दै सामाजिक दुरी कायम गर्दै सुरक्षा सर्तकता अपनाएर कार्यक्रमहरु सञ्चालन गर्न उहाँले सबैलाई सुझाव दिनु भएको छ।
लक्षित वर्गसम्म पुर्याउनका लागि समुदाय स्तरबाट कार्यक्रमहरु सञ्चालन गर्दा बढी प्रभावकारी हुन सक्ने भएकाले स्थानीय तहहरुमा आमा समुह ,खोप केन्द्र, गाउँघर क्लिनिक, स्वास्थ्य संस्थाहरुमा स्तनपान गराउने आशन,यसको महत्व र आवश्यकता लगायतका बिषयहरुमा परामर्श तथा जानकारी दिने कार्यहरु सञ्चालन भईरहेको उहाँको भनाई छ।

स्तनपान सप्ताहको अवसरमा जिल्लाका सबै स्थानीय तहहरुले सचेतनामुलक कार्यक्रमहरु आयोजना गरेका छन्।प्युठान नगरपालिकाले नगरपालिका क्षेत्रभित्र रहेका १२ वटै स्वास्थ्य संस्थाहरु मार्फत व्यानर सहित उपस्थित भई स्वास्थ्य संस्थामा सेवा लिन आउने सुनौलो हजार दिन भित्रका आमाहरुलाई यसको महत्व र आवश्यकताको बिषयमा जानकारी प्रदान गर्ने र पुर्ण स्तनपानका लागि सल्लाह सुझाव दिने गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोविन्दराज घिमिरेले जानकारी दिनुभयो।

त्यस्तै स्वर्गद्घारी नगरपालिकाले गाउँघर क्लिनिकलाई बिशेष जोड दिदै त्यहाँ आउने सुनौलो हजार दिन भित्रका आमाहरुलाई परिवार नियोजनका साधन ,पोषण तथा स्तनपानको महत्व र फाईदाको विषयमा जानकारी गराउने गरेको स्वर्गद्घारी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दल बहादुर के सी को भनाई छ।उहाँका अनुसार सबै वडाहरुमा यसको महत्वको बारेमा प्रचारप्रसार तथा परामर्श गरिएको छ।

यसपटक सबै स्थानीय तहहरुले सचेतना कार्यक्रमलाई जोड दिएका छन्। कोभिड –१९ संक्रमणको जोखिम अत्यधिक रहेकाले यसको प्रभावलाई मध्यनजर गर्दै यहि १९ गते देखि २३ गते सम्म सञ्चालन हुने आमा समुहको बैठकमा व्यानर सहित स्तनपान सम्बन्धि विभिन्न सचेतनामुलक कार्यक्रमहरु गर्ने नौबहिनी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ऋषिराम शर्माले जानकारी दिनुभयो।

त्यस्तै स्थानीय तहमा रहेका सबै स्वास्थ्य संस्थाहरुमा महिला स्वास्थ्य स्वयम सेविका ,आमा समुह, गाउँघर क्लिनिकहरु मार्फत स्तनपानको बिषयमा सुसुचित बनाउने कार्य भैरहेको गोैमुखी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद जैसीले जानकारी दिनुभयो।

झिमरुक गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विकास के।सीका अनुसार विश्व स्तनपान सप्ताहको अवसरमा पुर्ण स्तनपानलाई जोड दिदै यसको महत्व र आवश्यकताको बिषयमा लक्षित वर्गहरुलाई जानकारी दिन चेतनामुलक परामर्शका कार्यक्रमहरु सबै वडाहरुमा भैरहेका छन्।

स्वास्थ्य कार्यालय प्युठानका सुचना अधिकारी पुष्कल श्रेष्ठका अनुसार यस बर्ष जिल्लाले लिएको पुर्ण स्तनपानको लक्ष्य अनुसार ५ हजार ५सय ७४ रहेको मा ३ हजार २१ जना अर्थात करिब ५४ प्रतिशतले स्तनपान गरेको तथ्यांक स्वास्थ्य कार्यालय प्युठानसंग रहेको छ।

त्यस्तै जिल्लाका अन्य स्थानीय तहहरु मल्लरानी,माण्डवी,सरुमारानी र ऐरावति गाउँपालिकामा पनि विश्व स्तनपान सप्ताहलाई प्रभावकारी बनाउनका लागि विभिन्न चेतनामुलक कार्यक्रम, चोकमा व्यानर टाँस्ने, सुनौलो हजार दिन भित्रका आमाहरुलाई यसको महत्व र फाईदा तथा सतनपान गराउने आशनको बारेमा जानकारी दिने कार्यहरु भईरहेका छन्।

प्रतिकृया दिनुहोस्

आजको राशिफल : २०८१ श्रावण १२ शनिवार

मेष आज निर्णय कार्यान्वयन हुन गारो होला । स्वास्थ्यमा समस्या आउन सक्छ, सचेत रहनु होला...

सांसद थापाद्वारा ग्रासरुटमा निधन भएका गोपालको स्मृतिमा अक्षयकोष स्थापना

प्रतिनिधि सभा सदस्य सूर्य थापाले नेकपा एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानको क्रममा प्यूठानमा मोटरसाइकल...

सतायो गर्जेनीले प्युठान र रोल्पालाई, असार १९ यता १५ पटकमा ७० घण्टा बाटो अवरुद्ध

रोल्पाली र प्युठानीको घरबाट यात्रामा कोही निस्कियो कि घर हुनेको मन एउटै चिन्ताले पिरोलिरहन्छ– बड्डाडा...

खुसी छैनन् व्यवसायिक गाई, भैसी पाल्ने किसान

प्यूठान नगरपालिका–४, बिजुवारकी ४३ वर्षीय मुना कार्कीले आयुष्मा कृषि पशुपालन तथा फलफूल फर्म सञ्चालन गरेको...

आजको राशिफल : २०८१ श्रावण ११ शुक्रवार

मेष मनमा निराशा र शरीरमा आलस्य आउला । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला...