News Portal

रेडियो सुन्नुहोस्

लुम्विनी सिटी अस्पत्तालमा सुस्मिताको निशुल्क उपचार

सुजाता थापा क्षेत्री२५ श्रावण, प्यूठान
२९५९ पटक
२५ श्रावण, प्यूठान

आर्थिक अभावका कारण दुवै खुट्टा भाँचिएरपनी उपचार नपाएर छटपटाएकी नौवहिनी गाँउपालीका वर्डा नं ८ लुप्लुङ्ग निवासी ९ वर्षिय वालिका सुस्मिता वि.क. को लुम्विनी सिटी अस्पताल तथा मेडिकल साईन्स प्रा.ली. वुटवलमा निशुल्क अप्रेसन तथा उपचार भएको छ। लुम्विनी सिटी अस्पताल तथा मेडिकल साईन्स प्रा.ली. वुटवलमा उनको निशुल्क अप्रेसन तथा उपचार गरिएको प्यूठानको झिमरुक गाँउपालीका निवासी उक्त अस्पत्तालका व्यवस्थापक वसन्त जि.सी. ले वताउनु भयो।

उक्त अस्पत्तालका अर्थोपेडिक डाक्टर राहुल श्रेष्ठ नेतृत्वको टोलिले वालिकाको अप्रेसन गरेको हो। हरि भण्डारीको पहल, र अन्नपुर्ण राष्टिय दैनिक र वुटवल टुडे दैनिकमा कार्यरत पत्रकार केशर रोकाको अनुरोधमा वसन्त जि.सी. ले लुम्विनी सिटी अस्पतालमा निशुल्क अप्रेसन तथा उपचारको व्यवस्था मिलाउनु भएको हो। अस्पतालले अप्रेसन चार्ज, सामाग्री, औषधी लगायत २ लाख ५० हजार वढी लाग्ने उपचार सतप्रतिसत निशुल्क रुपमा उपलव्ध गराएको हो। “आर्थिक तथा पारिवारीक अवस्था अत्यन्तै कमजोर रहेको र उपचार नपाएर वालिकाको जिवन नै जोखिममा परेको पिडादायी अवस्थामा मानविय भावनाले वालिकाको उपचारको लागी लाग्ने सम्पुर्ण खर्च अस्पत्तालले नै व्यहोर्ने व्यवस्था मिलाएका हौं” जि.सी. ले भन्नुभयो– “वास्तविक गरिवलाई उपचारमा सहयोग गर्नु हाम्रो दायित्व पनि हो।”

घरनजिकै रहेको घर पोत्ने माटो खन्ने मड्किनोमा माटो खन्ने क्रममा माथिवाट खसेको माटोको ढिस्कोले च्याप्दा उनिसहित २ जना घाईते भएका थिए। जिल्ला अस्पत्ताल प्यूठानमा उपचार हुन नसकेपछी उनिहरुलाई थप उपचारका लागी चिकित्सकले वुटवल रिफर गरेपछी आर्थिक अभावका कारण उनको उपचार हुन सकेको थिएन। पत्रकार हरि भण्डारी र वोम वहादुर परियारको विशेष पहलमा उनलाई वुटवल पठाएसंगै सहयोगका लागी अपिल गरिएको थियो। घाईते वालिका आफ्ना वाजेवज्यैसंगै वस्दै आएकी छिन। आमाले दोश्रो विवाह गरेको र वुवा भारतमा मजदुरी गर्ने गर्दछन्।

उनकाे उपचारकाे क्रममा वासु विश्वकर्माले हेरचाह लगायत दैनिक आवश्यकतामा सहयाेग गरिरहेका छन्।

प्रतिकृया दिनुहोस्

हुलाक नियमावली संशोधनसँगै हुलाक कर्मचारी कटौती

सरकारले अतिरिक्त हुलाक नियमावली संशोधन गरेसंगै हुलाक सेवामा कार्यरत १० हजार पाँच सय भन्दा बढी  कर्मचारीले अवकाश...

वडाध्यक्षद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग

माण्डवी गाउँपालिका ३ का वडाध्यक्ष धनेन्द्र कार्कीले आगलागी पीडितलाई आर्थिक सहयोग गरेका छन् । बुधबार...

जिवावती सामुदायिक विपद व्यवस्थापन समितिले आगलागी पिडितलाई राहत सामाग्री दियो

जिबावती सामुदायिक विपद व्यवस्थापन समितिले प्यूठान नगरपालिका ३ बिजयनगरका आगलागी पिडितलाई राहत सामाग्री उपलब्ध गराएकोे...

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम पुण्यखोलामा सम्पन्न

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा सम्पन्न भएको छ । कार्यक्रमका...

प्यूठानमा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन

प्यूठान जिल्लामा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन गरिएको छ । जिल्लाका सबै बैंक...