News Portal

रेडियो सुन्नुहोस्

लुम्विनी सिटी अस्पत्तालमा सुस्मिताको निशुल्क उपचार

सुजाता थापा क्षेत्री२५ श्रावण, प्यूठान
३४११ पटक
२५ श्रावण, प्यूठान

आर्थिक अभावका कारण दुवै खुट्टा भाँचिएरपनी उपचार नपाएर छटपटाएकी नौवहिनी गाँउपालीका वर्डा नं ८ लुप्लुङ्ग निवासी ९ वर्षिय वालिका सुस्मिता वि.क. को लुम्विनी सिटी अस्पताल तथा मेडिकल साईन्स प्रा.ली. वुटवलमा निशुल्क अप्रेसन तथा उपचार भएको छ। लुम्विनी सिटी अस्पताल तथा मेडिकल साईन्स प्रा.ली. वुटवलमा उनको निशुल्क अप्रेसन तथा उपचार गरिएको प्यूठानको झिमरुक गाँउपालीका निवासी उक्त अस्पत्तालका व्यवस्थापक वसन्त जि.सी. ले वताउनु भयो।

उक्त अस्पत्तालका अर्थोपेडिक डाक्टर राहुल श्रेष्ठ नेतृत्वको टोलिले वालिकाको अप्रेसन गरेको हो। हरि भण्डारीको पहल, र अन्नपुर्ण राष्टिय दैनिक र वुटवल टुडे दैनिकमा कार्यरत पत्रकार केशर रोकाको अनुरोधमा वसन्त जि.सी. ले लुम्विनी सिटी अस्पतालमा निशुल्क अप्रेसन तथा उपचारको व्यवस्था मिलाउनु भएको हो। अस्पतालले अप्रेसन चार्ज, सामाग्री, औषधी लगायत २ लाख ५० हजार वढी लाग्ने उपचार सतप्रतिसत निशुल्क रुपमा उपलव्ध गराएको हो। “आर्थिक तथा पारिवारीक अवस्था अत्यन्तै कमजोर रहेको र उपचार नपाएर वालिकाको जिवन नै जोखिममा परेको पिडादायी अवस्थामा मानविय भावनाले वालिकाको उपचारको लागी लाग्ने सम्पुर्ण खर्च अस्पत्तालले नै व्यहोर्ने व्यवस्था मिलाएका हौं” जि.सी. ले भन्नुभयो– “वास्तविक गरिवलाई उपचारमा सहयोग गर्नु हाम्रो दायित्व पनि हो।”

घरनजिकै रहेको घर पोत्ने माटो खन्ने मड्किनोमा माटो खन्ने क्रममा माथिवाट खसेको माटोको ढिस्कोले च्याप्दा उनिसहित २ जना घाईते भएका थिए। जिल्ला अस्पत्ताल प्यूठानमा उपचार हुन नसकेपछी उनिहरुलाई थप उपचारका लागी चिकित्सकले वुटवल रिफर गरेपछी आर्थिक अभावका कारण उनको उपचार हुन सकेको थिएन। पत्रकार हरि भण्डारी र वोम वहादुर परियारको विशेष पहलमा उनलाई वुटवल पठाएसंगै सहयोगका लागी अपिल गरिएको थियो। घाईते वालिका आफ्ना वाजेवज्यैसंगै वस्दै आएकी छिन। आमाले दोश्रो विवाह गरेको र वुवा भारतमा मजदुरी गर्ने गर्दछन्।

उनकाे उपचारकाे क्रममा वासु विश्वकर्माले हेरचाह लगायत दैनिक आवश्यकतामा सहयाेग गरिरहेका छन्।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...

बाग्दुला– बिजुवार क्षेत्रमा मदन भण्डारी मार्गको डीपीआर छैन

प्यूठान–बिजुवार–बाग्दुला सडक खण्ड मदन भण्डारी राजमार्ग अन्तर्गत डीपीआर नभएको आयोजनाले जनाएको छ । गुल्मीको तम्घास...

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...