News Portal

रेडियो सुन्नुहोस्

राप्ती नदिमा महिलाको वेवारिसे शब फेला

सन्ताेषकुमार गुप्ता१७ भदौ, भालुवाङ
२७३३ पटक
१७ भदौ, भालुवाङ

दाङ-देउखुरीकाे राप्ती नदीमा महिलाकाे वेवारिसे शब फेला परेकाे छ । राप्ती गाउँपालिका वार्ड नम्बर २ काे राप्ती नदीकाे कटाहाघाटमा अन्दाजी ४०/४५ बर्षकाे महिलाकाे शब फेला परेकाे हाे ।

आज बिहान करिब ८ बजे स्थानीय गाउँलेहरू राप्ती नदी किनारमा दाउरा खोज्न गएका बेला नदी किनारमा तैरिरहेकाे अवस्थामा उक्त शब देखेपछि प्रहरीलाई खबर गरेका थिए । हरियाे ब्लाउज, निलाे रंगकाे पेटिकाेटकाे इजारा र निधारमा समान्य चाेट लागेकाे मंगाेलियनमुलकाे जस्ताे देखिने शब फेला परेका ईला प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख गंगाबहादुर सारूले जानकारी दिएका छन् ।

शब कुन ठाउँबाट कसरी आईपुग्याे भन्ने बिषयमा अनुसन्धान भईरहेकाे प्रहरी निरीक्षक सारूले जानकारी दिएका छन् । शबकाे अहिले सम्म सनाखत हुन नसकेकाे राप्ती गाउँपालिका वार्ड नम्बर २ का वडाध्यक्ष जगतबहादुर थापाले जानकारी दिएका छन् ।उक्त शबलाई लमही अस्पतालकाे शब गृहमा पठाईसकिएकाे प्रहरीले बताएकाे छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...

विद्युत सेवा नियमित गर्न युवा संघको ध्यानाकर्षण

राष्ट्रिय युवा संघ नेपालले विद्युत सेवा नियमित गर्न नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ ।...

सुसुप्त क्षयरोग सम्वन्धी अन्तरक्रिया विजुवारमा सम्पन्न

‘क्षयरोग रोकौ क्षयरोग अन्त्य गरौ’ भन्ने मुल नाराका साथ सुसुप्त क्षयरोगको संक्रमणको उपचार (थ्रि.एच.पि) सम्वन्धी...