News Portal

रेडियो सुन्नुहोस्

जुम्रिमा महेश स्मृति प्रतिक्षालय निर्माण

सिखबर संवाददाता६ मंसिर, प्यूठान
१६१० पटक
६ मंसिर, प्यूठान

प्युठान नगरपालिका वडा नं ३ पुष्पलाल चोक जुम्रीमा महेश स्मृति प्रतिक्षालय निर्माण गरिएको छ । प्युठान नगरपालिका वडा नं ३ जुम्रीका स्वर्गीय विद्यार्थी नेता महेश वि.क.को स्मृतिमा प्रतिक्षालय निर्माण गरिएको हो । यस क्षेत्रका स्थानीय तथा अनेरास्ववियू प्युठानको पहलमा आर्थिक संकलन गरी प्रतिक्षालय निर्माण गरिएको जनाईएको छ ।
नवनिर्मित प्रतिक्षालयको आज उद्घाटन गरिएको छ । समाजसेवी डाक्टर लेखराज सुवेदीले प्रतिक्षालयको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा सुवेदीले स्वर्गीय महेशको सम्झनामा यूवाहरुले आर्थिक श्रम र बौद्धिक क्षमता सम्झेर उनको योगदानलाई सम्झना स्वरुप प्रतिक्षालय निर्माण गरेकोमा खुसी व्यक्त गरे । यस क्षेत्रका होनाहार यूवालाई गुमाउनु परेको स्मृति गर्दै सुवेदीले यस्ता रचनात्मक कामले उनलाई सदैव सम्झिरहने बताए । प्रतिक्षालय निर्माणले यस क्षेत्रको फाईदासंगै यस क्षेत्रमा आवतजावत गर्ने नयाँ यात्रीहरुले पनि स्वर्गीय महेशको बारेमा जानकारी लिन सक्ने उनले बताए ।
स्वर्गीय महेशको सम्झनामा निर्माण गरिएको प्रतिक्षालयले प्युठान नगरपालिका भित्रका जनताहरुसंगै यस क्षेत्रमा आवत जावत गर्ने जुनसुकै स्थानका यात्रुलाई फाईदा पुग्ने महेश स्मृति प्रतिक्षालय निर्माण संरक्षक सुमन श्रेष्ठले बताए । यस क्षेत्रका यूवाहरुको सकृयतामा निर्माण भएको प्रतिक्षालयले स्वर्गीय महेशको मानमर्दनमा थप सहयोग पुग्ने समेत उनले बताए । स्थानीय र अनेरास्ववियूको पहलमा ८४ हजार ५ सय ५० रुपियाँ लागतमा प्रतिक्षालय निर्माण गरिएको हो ।
महेश स्मृति प्रतिक्षालयले अनेरास्ववियू प्युठानको पहिचान बोकेको अनेरास्ववियू प्युठानका सहसंयोजक पुस्कर शर्माले बताए । स्वर्गीय महेशको स्मृतिमा यसपूर्व पनि जिल्लामा विविध कार्यक्रम सञ्चालन भएको र आगामी दिनमा पनि यस्ता रचनात्मक कार्य, कार्यक्रमहरु सञ्चालन गरिने उनले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...