News Portal

रेडियो सुन्नुहोस्

७० वर्षिय फेतीदेवीका दु:ख- पती र घर गुमाएपछी १२ वर्षदेखी अरुका घरमा वास, खान वृद्धभत्ताको आस

हरि भण्डारी१२ पौष, प्यूठान
८७१ पटक
१२ पौष, प्यूठान

फेतीदेवी कामिका पति शेर वहादुर कामिको १३ वर्षअघी मृत्यु भयो। पतिको मृत्युपछी भारतमा रहेका छोराहरु खोज्दै खेतीदेवी भारतसम्म पुगिन। तर, छोराहरु भेटिएनन्। नभेटिएपछी उनले जिवन जिउन गाँउमा वस्दै आएको झुप्रोमा फर्किने निधो गरिन्। तर, गाँउ फर्किदा आफु वस्दै आएको घरसमेत जलेर खरानी भएको थियो। त्यसपछी फेतीदेवीको अरुकै घरमा वास छ।

७० वर्ष लागेकी फेतीदेवीले २० वर्षको उमेरमा शेरवहादुर कामीसंग प्रेमविवाह गरेकी थिईन। उनिहरुवाट ४ सन्तान पनी भए। तर, आज साथमा कोही छैनन्। पतिवियोगपछी उनी एक दशकदेखी अरुकै घरमा वास मागेर वस्नुपरेको छ। “विहे गर्दापनी उनको(पतीको) केही सम्पत्ती थिएन। उमेरमा त जिवन जसोतसो चल्यो। मरुङवाट आएका उनको सम्पत्ती नभएका कारण सकुन्जेल त दुखसास्ति गरियो।” आफ्ना जिवनका उतारचढापुर्ण दुःखका कहानी सुनाउदै फेतीदेवीले भनिन्– “आईमाईको भाग्य थाहा हुँदैन भन्थे। गाँउका वाहुनले दिएको झुप्रोमा पनी आगो लाग्यो। ४ जना सन्तान कहाँ छन् थाहा छैन्। अरुको घरमा वास माग्दै खानका लागी भत्ता पर्खिनुपर्छ।”

फेतीदेवीले पहिले वस्ने घरपनी उनको आफ्नै भने होईन। गाँउकै एकजनाको घरमा वस्दै आएकी उनि भारतमा आफ्ना सन्तान खोज्न गएकावेला त्यही घरपनी वनमा लागेको आगोले जल्यो। जंगलछेउमै रहेको उनको घर जंगलमा लागेको आगो सल्किएर खरानी भएको हो।

आफ्नो नाममा कत्तिपनी जमिन नभएकी उनलाई अरुकै घरमा वास मागेर वस्न सजिलो भएन। यसकारण उनमा आफ्नै घरमा वस्ने सपना मृत भएन। यसकारण उनले आफ्नै माईती फुर्सी सुनारसंग घर वनाउने जग्गा मागिन। उनैले दिएको जग्गामा घर वनाउन अहिले खेतीदेवीले जग्गा खारेकी छिन्। ‘आउने कुनै वाटो छैन, गाँउपालीकाले ५० हजार दिने भनेको छ तर, त्यस्ले त के घर वन्लार !’

फेतीदेवीको नाममा जग्गा नभएकाले कागजपत्र मिल्न वाँकी रहेको र कागजपत्र मिलेपछी संघिय सरकार मार्फत आएको सुरक्षित नागरिक आवास कार्यक्रमवाट आउने रकम दिने सल्लाह गरिएको वर्डा नं ३ का वडाअध्यक्ष मिन वहादुर खत्रीले वताए।

फेतीदेवीले पतिको मृत्यु र घरमा आगलागी भएपछी धेरै दुख पाएको स्थानिय दुजमान सुनारले वताए। उनका अनुसार ७० वर्षिय खेतीदेवी कहिले कस्को त कहिले कस्को घरमा वास वस्छिन्। स्थानिय प्रमोद पोख्रेलले ५० हजारले घर नवन्ने र उनको सामाजिक सुरक्षा भत्तावाहेक अन्य आयश्रोत पनि केही नभएकाले अन्य सहयोग जुटेमा फेतीदेवीलाई सहज हुने सुनाए।

मागेको जग्गामा यौटामात्र खोठाको टिनले छाएको घर वनाउने योजना छ। काठ र ढुँगा टाढावाट ल्याउनुपर्ने भएकाले केही सहयोग जुटने आशा फेतीदेवीको छ।

प्रतिकृया दिनुहोस्

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम पुण्यखोलामा सम्पन्न

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा सम्पन्न भएको छ । कार्यक्रमका...

प्यूठानमा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन

प्यूठान जिल्लामा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन गरिएको छ । जिल्लाका सबै बैंक...

न्यायिक समिति जिल्ला समन्वय समिति प्यूठानको दोस्रो सम्मेलन झिमरुकमा

न्यायिक समिति जिल्ला समन्वय समिति प्यूठानको दोस्रो सम्मेलन झिमरुक गाउँपालिका मच्छिमा सञ्चालन भएको छ ।...

जिल्ला अस्पताल विजुवारको विद्युत समस्या हलहुने (भिडियो सहित)

जिल्ला अस्पताल बिजुवारमा नयाँ विद्युत लाइन जडान गरिएको छ । अस्पतालमा प्रयाप्त विद्युत प्रभाह नभएका...

प्यूठानमा आगलागीमा संलग्न ४ जना पक्राउ

आगलागीमा संलग्न भएको आरोपमा ४ जना पक्राउ परेका छन् । डिभिजन वन कार्यालय प्यूठानका अनुसार...