News Portal

रेडियो सुन्नुहोस्

ट्रान्समिसन लाईनको विस्तार र विद्धुत खरिद संझौतापछी लोडसेडिङ अन्त्य भएको छ– मुख्यमन्त्री पोख्रेल

सिखबर संवाददाता१५ पुष प्यूठान
८८६ पटक
१५ पुष प्यूठान

लुम्विनी प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिती सदस्य शंकर पोख्रेलले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष के.पी. शर्मा ओली नेतृत्वको सरकाले गरेको ट्रान्समिसन लाईन विस्तार र विद्युत खरिद संझौतापस्चात नेपालमा जनताले भोग्दै आएको १८ घण्टाको लोडसेडिङ अन्त्य भएको वताउनु भएको छ।

प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा भएका संझौताअनुसार लाईन विस्तार र विद्युत खरिद संझौताको कार्यन्वयनपछी नेपालमा लोडसेडीङ अन्त्य गर्ने ओली नेतृत्वको सरकारको योजना सफल भएको उहाँले वताउनु भयो। प्रधानमन्त्रि के.पी. शर्मा वलीको भारत भ्रमणको क्रममा भएका संझौता र नेपाल विद्युत प्राधिकरणका कर्मचारीले संझौता अनुसार तय गरिएका नेपाल सरकारका कार्यक्रमको कुशल कार्यन्वयनले उक्त योजना सफल भएको उहाँको भनाई छ। उक्त भ्रमणका क्रममा नेपाल भारतका विषयमा सुल्झन नसकेका धेरै विषयमा सहमती हुनुका साथै सन् १९५० को संझौताको पुनरावलोकनका लागी विज्ञ समुह तयार भएको थियो। साथै कलकत्ता पोर्टको विकल्पमा नयाँ पोर्ट प्राप्त भएको उहाँले वताउनु भयो।

अढाईसय मेगावाट विद्युत खरिद गर्नका लागी विद्युत खरिद संझौता गरिएपछी नेपालको लोडसेडिङ अन्त्यको आधार तयार भएको उहाँको भनाई छ।

दुईढाई सय मेगावाट कम रहेको विद्युत आपुर्तिको समस्या व्यवस्थापनवाट मात्र सुल्झन नसक्ने सत्यलाई लुकाएर वर्तमान सरकारविरुद्ध दुस्प्रचार गर्ने प्रयत्न गरिएको उहाँले स्पस्ट पार्नुभयो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गौमुखी भ्रमण बर्ष मनाउन पत्रकार महासंघले सहकार्य गर्ने

गौमुखी गाउँपालिकाले मनाउन थालेको गौमुखी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा पत्रकार महासंघले सहकार्य गर्ने...

प्यूठानमा ३ सय २८ जोडीले गरे सम्बन्ध विच्छेद

प्यूठानमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ३ सय २८...

चट्याङबाट घाईते राना खतरामुक्त, मृतक बिटालुको शव पोष्टमार्टमका लागि विजुवार ल्याईदै

शनिबार राती चट्याङ् लागेर घाईते भएका गौमुखी गाउँपालिका २ का प्रेम सुनारको उपचार भईरहेको छ...

निजी विद्यालय सञ्चालकहरूद्वारा सदरमुकाममा कोणसभा सम्पन्न

निजी विद्यालय सञ्चालकहरूले खलङ्गामा कोणसभा सम्पन्न गरेका छन् । निर्माणाधीन शिक्षा ऐनमा राखिएको प्रावधानको विरोध...

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया वाल मन्दिरमा सम्पन्न

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया कार्यक्रम वाल मन्दिरमा सम्पन्न भएको छ । भानु सामुदायिक...