News Portal

रेडियो सुन्नुहोस्

ट्रान्समिसन लाईनको विस्तार र विद्धुत खरिद संझौतापछी लोडसेडिङ अन्त्य भएको छ– मुख्यमन्त्री पोख्रेल

सिखबर संवाददाता१५ पुष प्यूठान
१११६ पटक
१५ पुष प्यूठान

लुम्विनी प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिती सदस्य शंकर पोख्रेलले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष के.पी. शर्मा ओली नेतृत्वको सरकाले गरेको ट्रान्समिसन लाईन विस्तार र विद्युत खरिद संझौतापस्चात नेपालमा जनताले भोग्दै आएको १८ घण्टाको लोडसेडिङ अन्त्य भएको वताउनु भएको छ।

प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा भएका संझौताअनुसार लाईन विस्तार र विद्युत खरिद संझौताको कार्यन्वयनपछी नेपालमा लोडसेडीङ अन्त्य गर्ने ओली नेतृत्वको सरकारको योजना सफल भएको उहाँले वताउनु भयो। प्रधानमन्त्रि के.पी. शर्मा वलीको भारत भ्रमणको क्रममा भएका संझौता र नेपाल विद्युत प्राधिकरणका कर्मचारीले संझौता अनुसार तय गरिएका नेपाल सरकारका कार्यक्रमको कुशल कार्यन्वयनले उक्त योजना सफल भएको उहाँको भनाई छ। उक्त भ्रमणका क्रममा नेपाल भारतका विषयमा सुल्झन नसकेका धेरै विषयमा सहमती हुनुका साथै सन् १९५० को संझौताको पुनरावलोकनका लागी विज्ञ समुह तयार भएको थियो। साथै कलकत्ता पोर्टको विकल्पमा नयाँ पोर्ट प्राप्त भएको उहाँले वताउनु भयो।

अढाईसय मेगावाट विद्युत खरिद गर्नका लागी विद्युत खरिद संझौता गरिएपछी नेपालको लोडसेडिङ अन्त्यको आधार तयार भएको उहाँको भनाई छ।

दुईढाई सय मेगावाट कम रहेको विद्युत आपुर्तिको समस्या व्यवस्थापनवाट मात्र सुल्झन नसक्ने सत्यलाई लुकाएर वर्तमान सरकारविरुद्ध दुस्प्रचार गर्ने प्रयत्न गरिएको उहाँले स्पस्ट पार्नुभयो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...