News Portal

रेडियो सुन्नुहोस्

प्यूठान आयुर्वेद स्वास्थ्य केन्द्रमा ल्याब सेवा सञ्चालन

बोम वहादुर परियार८ माघ, प्यूठान
१५४१ पटक
८ माघ, प्यूठान

जिल्ला सदरमुकाम खंलगामा अवस्थित प्युठान आयुर्वेद स्वास्थ्य केन्द्रमा ल्याब सेवा सञ्चालनमा आएको छ । बुधवारदेखी पूर्ण रुपमा ल्याब सेवा सञ्चालनमा ल्याईएको केन्द्रका बरिष्ठ कविराज निरीक्षक शिसिर पोख्रेलले जानकारी दिनुभयो । प्रदेश सरकारको बजेटबाट अघिल्लो आर्थिक वर्षमा ल्याब सञ्चालनका लागि सामाग्रीहरु खरिद गरिएपनि चालु आर्थिक वर्षमा ल्याब टेक्निसियन नियुक्त गरी सेवा सुचारु गरिएको उहाँले बताउनुभयो ।
ल्याबबाट ब्लड सुगरको जाँच, किड्नी सम्बन्धी जाँच, कलेजो सम्बन्धि सम्पूर्ण जाँच, कोल्डस्ट्रोलको जाँच,बाथरोग सम्बन्धि जाँच, अल्सर सम्बन्धी जाँच, एच.आई.भी, मलेरीया, हेपटाईटीस, डेङ्गो लगाएतका जाँच हुने ल्याब टेक्निसियन विनोद के.सी.ले जानकारी दिनुभयो । सेवा सञ्चालन भएको एकहप्तासम्म निशुल्क ल्याब सेवा दिने र त्यसपश्चात न्युनतम शुल्क लिईने उहाँले बताउनुभयो । केन्द्रबाट ल्याब सेवा सञ्चालनले सेवाग्राहीलाई सहज हुने विश्वास लिएको उहाँले बताउनुभयो ।
०५५ सालमा स्थापना भएको प्युठान आयुर्वेद स्वास्थ्य केन्द्र खंलगामा गत साउनदेखी डाक्टर सहितको सेवा समेत सुरु गरिएको छ । हाल केन्द्रबाट ओपिडी सेवा, पञ्चकर्म सेवा, ६० वर्ष देखी माथिका जेष्ठनागरिकलाई निशुल्क औषधी वितरण, ६ महिना सम्मका सुत्केरी आमाहरुलाई दुग्दवर्धक औषधी वितरण कार्यक्रम लगाएतका सेवाहरु दिईरहेको केन्द्रका बरिष्ठ कविराज निरीक्षक पोख्रेलले बताउनुभयो । केन्द्रमा दैनिक २०÷२५ जना बिरामीहरु सेवा दिन आउनेगरेका छन् । केन्द्रमा विशेष गरी जीर्ण रोगी, बाथ, युरिकेसिड, जण्डीस, पिसाब, पेट रोगका बिरामीहरु आउने गरेको उहाँले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

वडाध्यक्षद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग

माण्डवी गाउँपालिका ३ का वडाध्यक्ष धनेन्द्र कार्कीले आगलागी पीडितलाई आर्थिक सहयोग गरेका छन् । बुधबार...

जिवावती सामुदायिक विपद व्यवस्थापन समितिले आगलागी पिडितलाई राहत सामाग्री दियो

जिबावती सामुदायिक विपद व्यवस्थापन समितिले प्यूठान नगरपालिका ३ बिजयनगरका आगलागी पिडितलाई राहत सामाग्री उपलब्ध गराएकोे...

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम पुण्यखोलामा सम्पन्न

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा सम्पन्न भएको छ । कार्यक्रमका...

प्यूठानमा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन

प्यूठान जिल्लामा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन गरिएको छ । जिल्लाका सबै बैंक...

न्यायिक समिति जिल्ला समन्वय समिति प्यूठानको दोस्रो सम्मेलन झिमरुकमा

न्यायिक समिति जिल्ला समन्वय समिति प्यूठानको दोस्रो सम्मेलन झिमरुक गाउँपालिका मच्छिमा सञ्चालन भएको छ ।...