News Portal

रेडियो सुन्नुहोस्

राष्ट्रपति महिला उत्थान कार्यक्रम:गर्भवती र सुत्केरीका लागि भगवान

सुजाता थापा क्षेत्रीफागुन ५ प्यूठान
८२४ पटक
फागुन ५ प्यूठान

सरकारले भिभिआइपीको सवारीका लागि भन्दै हेलिकोप्टर किन्ने निर्णय गरेको थियो। तर, सरकारले निकै आलोचना खेप्नु परेको थियो। भिभिआइपी सवारीका निम्ति त्यो हेलिकोप्टर प्रयोग गर्ने र प्रयोगमा नआँउदा दुर्गम क्षेत्रका गर्भवति र सुत्केरी अवस्थामा रहेका महिलाको स्वास्थ्यमा समस्या देखिए उद्धार गर्न प्रयोग गर्ने गरी खरिद गर्यो।

अहिले त्यही हेलिकोप्टर दुर्गम क्षेत्रका महिलालाई भगवान सरह भएको छ। दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको उद्धार गर्न ६ पुस २०७५ मा ‘राष्ट्रपति महिला उत्थानु कार्यक्रम’ सुरु भएको हो। यो कार्यक्रम शुरु भएदेखि २०७७ पुस अन्तिमसम्म १७० जना सुत्केरीको हवाइ उद्धार गरिएको छ। धेरै आमा र शिशुले पुनःजीवन पाएका छन्। यो काम कति महत्वपूर्ण छ भन्ने सोलुखुम्बुको सोताङकी पुष्षकला राईलाई राम्रोसँग थाहा छ। “चार–पाँच दिन पेटमा सारो हुँदा डर लाग्यो। पानी बगेको थियो, दिसैदिसा बगेको थियो “, पुष्पकला भन्नुहुन्छ।

त्यसपछि हेलिकप्टरबाट काठमाडौं ल्याइयो। प्रसूति गृहका दक्ष चिकित्सकको सहयोगमा उहाले बच्चा जन्माउनु भयो। पुष्पकलाका श्रीमान परशुराम राई भन्नुहुन्छ, ‘‘त्यतिवेला लकडाउन थियो। राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत यस्तो सेवा रहेछ। उहाँहरूले त्यसको व्यवस्था मिलाइदिनुभयो।” पुष्पकला छोरा बोकेर घर फर्किसक्नु भएको छ।

जटिल अवस्थामा सुत्केरी हुने क्रममा आमा, शिशु वा दुवैको पनि ज्यान जाने गरेको छ। तीन दशक अघि धेरै सुत्केरीको ज्यान जाने गर्थ्यो। सन् १९९१ मा नेपालमा एक लाख सुत्केरी हुँदा ८५० जना आमाको ज्यान जाने गरेको थियो। त्यसको २५ वर्षपछि सन् २०१६ मा सुत्केरीको मृत्यु हुने क्रम घट्यो। तैपनि अहिले एक लाख सुत्केरी हुँदा २३९ जना सुत्केरीले ज्यान गुमाउने गरेका छन्। सरकारले त्यसलाई सकेसम्म कममा झार्ने प्रयास गरिरहेको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सांसद थापाद्वारा आन्दोलनरत शिक्षकसंग छलफल

प्यूठान जिल्लाबाट निर्वाचित सङ्घीय सांसद (प्रतिनिधि सभा सदस्य) सूर्य थापाले शिक्षकहरुसंग छलफल गरेका छन् ।...

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सम्वन्धि अन्तरक्रिया माण्डवीमा सम्पन्न

भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम माण्डवी गाउँपालिकामा सम्पन्न भएको छ । अख्तियार...

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन सम्वन्धि अन्तरक्रिया सरुमारानीमा सम्पन्न

भ्रस्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सरुमारानीमा सम्पन्न भएको छ । अख्तियार दुरुपयोग...

शिक्षकहरुको आन्दोलन जारी, सुनेनन सरकारको अनुरोध

  सरकारको अनुरोधको बेवास्ता गर्दै शिक्षकहरुको आन्दोलन जारी रहेको छ । सरकारले बैशाख १२ गते...

शिक्षकको आन्दोलनले सरकारी विद्यालय सुनसान, निजीमा धमाधम भर्ना

शिक्षकहरूको आन्दोलनका कारण सरकारी विद्यालयको गतिविधि ठप्प हुँदा निजी विद्यालयले भने धमाधम भर्ना अभियान सञ्चालन...