News Portal

रेडियो सुन्नुहोस्

प्यूठान अस्पत्तालको आईसोलेसनमै संक्रमित महिलाले वच्चा जन्माएपछी…!

बोम वहादुर परियार१६ चैत्र २०७८/ प्यूठान
९५८ पटक
१६ चैत्र २०७८/ प्यूठान

प्युठानमा कोरोना संक्रमित एक महिलाले आईसुलेसनमा बच्चा जन्माउनुभएको छ । लुग्री गाउँपालिका –४ रोल्पाकी २४ वर्षिय महिलाले आईसुलेसनमा बच्चा जन्माउनुभएको हो ।
आज(विहिवार) बिहान प्युठान अस्पतालमा भर्ना हुनुभएकी महिलामा ज्वरो देखीएपछि कोभिड १९ को एन्टिजिन जाँच गरिएको थियो । उक्त जाँच गर्दा कोभिड १९ को एन्टिजिन रिपोर्ट पोजेटिभ आएको अस्पतालका सुचना अधिकारी खिमप्रसाद पार्धेले जानकारी दिनुभयो ।
रिर्पोट पोजिटिभ आएपछि अस्पतालको आईसुलेसनमा बस्नुभएकी महिलाले दिनको १ ः ३० बजेको समयमा छोरा जन्माउनुभएको हो । अहिले बच्चा र आमाको स्वास्थ्य अवस्था सकुशल रहेको उपचारमा संम्लग्न नर्स विनिता जिसीले बताउनुभयो ।
अस्पतालमा कोरोना संक्रमित गर्भवती महिलाहरुका लागि छुट्टै शल्यक्रियाको व्यवस्था हुनुपर्ने अस्पतालका सुचना अधिकारी पार्धेले बताउनुभयो । निकट भविष्यमा यस्ता समस्या आउन सक्ने भएकाले सबैले यस्ता कुरामा सकारात्मक भई अगाडी बढ्नुपर्ने उहाँको भनाई छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...