News Portal

रेडियो सुन्नुहोस्

प्यूठान अस्पत्तालको आईसोलेसनमै संक्रमित महिलाले वच्चा जन्माएपछी…!

बोम वहादुर परियार१६ चैत्र २०७८/ प्यूठान
१०९० पटक
१६ चैत्र २०७८/ प्यूठान

प्युठानमा कोरोना संक्रमित एक महिलाले आईसुलेसनमा बच्चा जन्माउनुभएको छ । लुग्री गाउँपालिका –४ रोल्पाकी २४ वर्षिय महिलाले आईसुलेसनमा बच्चा जन्माउनुभएको हो ।
आज(विहिवार) बिहान प्युठान अस्पतालमा भर्ना हुनुभएकी महिलामा ज्वरो देखीएपछि कोभिड १९ को एन्टिजिन जाँच गरिएको थियो । उक्त जाँच गर्दा कोभिड १९ को एन्टिजिन रिपोर्ट पोजेटिभ आएको अस्पतालका सुचना अधिकारी खिमप्रसाद पार्धेले जानकारी दिनुभयो ।
रिर्पोट पोजिटिभ आएपछि अस्पतालको आईसुलेसनमा बस्नुभएकी महिलाले दिनको १ ः ३० बजेको समयमा छोरा जन्माउनुभएको हो । अहिले बच्चा र आमाको स्वास्थ्य अवस्था सकुशल रहेको उपचारमा संम्लग्न नर्स विनिता जिसीले बताउनुभयो ।
अस्पतालमा कोरोना संक्रमित गर्भवती महिलाहरुका लागि छुट्टै शल्यक्रियाको व्यवस्था हुनुपर्ने अस्पतालका सुचना अधिकारी पार्धेले बताउनुभयो । निकट भविष्यमा यस्ता समस्या आउन सक्ने भएकाले सबैले यस्ता कुरामा सकारात्मक भई अगाडी बढ्नुपर्ने उहाँको भनाई छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...