News Portal

रेडियो सुन्नुहोस्

यस्तो वन्यो प्यूठानको एचडियु उपचार कक्ष

सिखबर संवाददाता१२ जेष्ठ, २०७८ / प्यूठान
१३८७ पटक
१२ जेष्ठ, २०७८ / प्यूठान

प्यूठान अस्पत्तालमा गम्भिर अवस्थाका विरामीहरुको उपचारका लागी एचडियु high dependency units (HDU) उपचारकक्ष निर्माण भएको छ। ५ वेड सहितको उपचार कक्ष निर्माण गरिएको प्यूठान अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट नविन दर्नालले वताउनु भयो। प्यूठानमा स्वास्थ्य मन्त्रालयवाट ८ महिनाअघी भित्रिएका भेन्टिलेटर(वाइप्याप) मेसिन जोडेर एचडियू तयार पारिएको हो।

सामाजिक सञ्जालमा भेन्टिलेटर मेसिन संचालनमा नआएको भनी प्रचार गरिएको विषयमा प्रष्ट पार्दै अस्पतालका प्रमुख डा दर्नालले हाई फ्लो अक्सिजन आवश्यक पर्ने भएकोले यसअघि सञ्चालन ल्याउन नसकेको जानकारी दिनुभयो।

सरकार र अन्य सहयोगी संस्थाबाट अक्सिजनको सुनिश्चितता भएपछि अस्पतालमा पहिलो पटक यो सेवा सुरु गरेको उहाँले वताउनु भयो।

सरकारले अक्सिजन प्लान्टका लागि एक करोड पचास लाख बजेट बिनियोजन गरेकोले एचडीयू नियमित रुपमा सञ्चालन गर्न सहयोग पुग्ने उहाँको भनाई छ।

गत असोज १ गते स्वास्थ्यमन्त्री भानुभक्त ढकालले प्यूठान नगरपालीकाका मेयर अर्जुनकुमार कक्षपतीलाई भेन्टिलेटर हस्तान्तरण गर्नुभएको थियो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...