News Portal

रेडियो सुन्नुहोस्

आर्थिक अभाबले ७ वर्षिय बालिका अस्पतालमै अलपत्र

बोम वहादुर परियार२१ जेठ, २०७८/ प्यूठान
८५५ पटक
२१ जेठ, २०७८/ प्यूठान

बिहिबार राति ९ बजेको समयमा ७ वर्षिय बालिका जेनिसा परियार बाहिर पिसाप गर्न निस्कन्छिन । सोहि समयमा झस्किएर लडेको उनले बताउछिन ।अहिले उनि प्युठान अस्पताल को ईमर्जेन्सी बेडमा छिन । जेनिसाको दाया खुट्टाको साप्रोको हड्डी भाचिएको छ। अहिले उनको साथमा बुवा ओम बहादुर परियार हुनुहुन्छ ।

रोल्पा जिल्ला लुङ्ग्री गाउपालिका वडा नम्बर ५ घर बताउने जेनिसाका बुवा अहिले आफुले प्युठानको भिङ्ग्रीमा कोठाभाडामा बसि अर्काको मज्दुरी गर्दै आएको बताउनुहुन्छ । गयराती अस्पतालमा आएकि जेनिसाको उपचार प्युठान अस्पतालमा सम्भब नभएपछि बाहिर लैजान डाक्टर ले आदेस दिएका थिए । तर जेनिसाका बुवाले आर्थिक अभावका कारण आफ्नी छोरिलाई अहिलेसम्म बाहिर लैजान नसकेको बताउछन । जेनिसाको उपचारमा सम्लग्न रहनु भएका प्युठान अस्पतालका हार्ड जोर्नि बिसेसज्ञ डाक्टर सुमन खनिया संग पटक पटक जेनिसाका बुवाले “डाक्टर साब मेरि छोरिलाई एतै उपचार गरिदिनु पर्‍यो ” भन्दै अनुरोध गर्दा पनि डाक्टर ले भन्नुभयो ” हामीसंग नानुको उपचार गर्ने प्रसस्त मेसिन औजार उपलब्ध छैन ,रड राख्नुपर्ने देखिन्छ त्यसैले बुटवल अथवा कतै लगेर उपचार गराउनुस , एस्तो केसलाई हामीले रिक्स लिएर काम गरियो भने पछी जेनिसाको खुट्टा बिग्रन सक्छ ” भन्दै डाक्टरले सल्लाह दिनुभयो ।

जेनिसाका बुवाले रुदै भन्नुभयो ” मेरो कुनै कमाई छैन श्रीमती ,२ वटा छोरा, २ वटि छोरी छन केटाकेटि पनि सानै छन मैले अर्काको मज्दुरि गर्छु अहिले त झन लकडाउनको समयमा खालि छु , जग्गाजमिन बेचम भने पनि तेस्तो केहि छैन लौ न हजुर सहयोग गर्नुपर्यो।” डाक्टरका अनुसार जेनिसालाई बाहिर लगेर उपचार गराउदा अन्य खर्च छाडेर ५० हजार जति खर्च आउन सक्ने बताउनु भएको छ ।

:- अहिले तत्काल केहि बुज्नु परेमा जेनिसाको बुवा ओम बहादुर परियार 9845988687

प्रतिकृया दिनुहोस्

हुलाक नियमावली संशोधनसँगै हुलाक कर्मचारी कटौती

सरकारले अतिरिक्त हुलाक नियमावली संशोधन गरेसंगै हुलाक सेवामा कार्यरत १० हजार पाँच सय भन्दा बढी  कर्मचारीले अवकाश...

वडाध्यक्षद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग

माण्डवी गाउँपालिका ३ का वडाध्यक्ष धनेन्द्र कार्कीले आगलागी पीडितलाई आर्थिक सहयोग गरेका छन् । बुधबार...

जिवावती सामुदायिक विपद व्यवस्थापन समितिले आगलागी पिडितलाई राहत सामाग्री दियो

जिबावती सामुदायिक विपद व्यवस्थापन समितिले प्यूठान नगरपालिका ३ बिजयनगरका आगलागी पिडितलाई राहत सामाग्री उपलब्ध गराएकोे...

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम पुण्यखोलामा सम्पन्न

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा सम्पन्न भएको छ । कार्यक्रमका...

प्यूठानमा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन

प्यूठान जिल्लामा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन गरिएको छ । जिल्लाका सबै बैंक...