News Portal

रेडियो सुन्नुहोस्

असमान शिक्षा मुलुकको भविष्यका लागि खतरनाकः सरोकारवाला

अखिल क्रान्तिकारीद्वारा जिल्लामा उत्कृट नतिजा ल्याउने विद्यार्थी र विद्यालयलाई सम्मान

आशिका रोकावैशाख २६ प्यूठान
८५८ पटक
वैशाख २६ प्यूठान

असमान शिक्षाले मुलुकमा भयंकर द्वन्द निम्त्याउने खतरा रहेको जिल्लाका शैक्षिक सरोकारवालाहरुले वताएका छन्।

अखिल(क्रान्तिकारी) जिल्ला समिती प्यूठानले आयोजना गरेको वर्तमान शैक्षिक समस्या र समाधानका उपायहरु विषयक अन्तरक्रिया कार्यक्रममा वोल्ले वक्ताहरुले दुईथरी शिक्षा मुलुकमा हुनु दुःखद रहेको वताए।

विप्लव नेतृत्वको नेकपा निकट अखिल(क्रान्तिकारी) जिल्ला समिती प्यूठानको आयोजनामा भएको वृहत अन्तरक्रिया कार्यक्रममा वोल्दै जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख(साविकका जिल्ला शिक्षा अधिकारी) सुर्यप्रसाद भुषालले दुईथरी शिक्षा कायम रहनु नै शिक्षाक्षेत्रको मुख्य समस्या तथा चुनौति रहेको वताए।

नेपाल कम्यूनिष्ट पार्टीका राप्ती व्यूरो सदस्य तथा केन्द्रिय स्कुलिङ्ग विभाग सदस्य दधिराम सुवेदी शार्दुलले राज्यसत्ताकै कारण शिक्षाक्षेत्रमा चरम विकृती र असमानता उत्पन्न भएको वताए। हजारौं वालवालीका गरिविका कारण विद्यालय पुग्न नसकेको अवस्थामा आफुलाई नितिनिर्माता भन्नेहरुले एकदुई जना विद्यार्थीको अभिभावकत्व गरेर सस्तो लोकप्रियताको निम्ति गैरजिम्मेवार कार्य गरेको वताए।

नेपाल वार एसोसियसन प्यूठानका अध्यक्ष शिवराज पण्डितले राज्यको स्वरुप वदलिएपनी त्यसको सार नवदलिएको र त्यसको प्रभाव शिक्षाक्षेत्रमा पनि रहेको वताए।

संगठनका केन्द्रिय सदस्य तथा राप्ती व्यूरो संयोजक पदमप्रसाद पोख्रेलले पेस गरेको कार्यपत्रमा टिप्पणी राख्दै प्याव्सन प्यूठानका अध्यक्ष जगन्नाथ पोख्रेलले असमान शैक्षिक व्यवस्था अन्त्य नै गर्ने भए निजी क्षेत्रमा गरेको लगानी राज्यले मुआव्जा दिएर सञ्चालन गर्न सुझाव दिए। साथै सरकारी विद्यालयको शिक्षा कमजोर हुनुमा शिक्षक नभई सरकार जिम्मेवार हुनुपर्ने भन्दै उनले यदि सरकारले सरकारी विद्यालयको पढाई गुणस्तरीय वनाउन नसक्ने भए त्यसको जिम्मा पनि निजी क्षेत्रले लिनसक्ने वताए।

कार्यक्रममा अखिल क्रान्तिकारीले जिल्लामा उत्कृट नतिजा ल्याउने १० सरकारी विद्यालय र जिल्लामा उत्कृष्ट नतिजा ल्याउने छात्र लेखनाथ पोख्रेल र छात्रा समिक्षा आचार्यलाई सम्मान गरेको थियो।

कार्यपत्र प्रस्तुत गर्दै संगठनका केन्द्रिय सदस्य पदमप्रसाद पोख्रेलले समाजवादी शिक्षाविना मुलुकको समृद्धि संभव नरहेको र त्यसका लागि असमान शिक्षाको अन्त्य गरिनुपर्ने वताए।
क्रान्तिकारीका जिल्ला अध्यक्ष यांक पुनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन जिल्ला सचिव वाल वहादुर घर्ति ले गरेका थिए।

प्रतिकृया दिनुहोस्

बिकास निर्माणमा सबैको साथ हुन आवश्यक छ : सूर्य थापा

प्यूठानका प्रतिनिधि सभा सदस्य सूर्य थापाले सबैले एकजुट भएर साथ र सहयोग गरेमा विकास निर्माणका...

स्वास्थ्यमन्त्री पुनद्वारा प्यूठान अस्पतालको निरिक्षण

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दिपेन्द्र कुमार पुन मगर (सिजल) ले प्यूठान अस्पत्तालको निरिक्षण गरेका छन् ।...

हुलाक नियमावली संशोधनसँगै हुलाक कर्मचारी कटौती

सरकारले अतिरिक्त हुलाक नियमावली संशोधन गरेसंगै हुलाक सेवामा कार्यरत १० हजार पाँच सय भन्दा बढी  कर्मचारीले अवकाश...

वडाध्यक्षद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग

माण्डवी गाउँपालिका ३ का वडाध्यक्ष धनेन्द्र कार्कीले आगलागी पीडितलाई आर्थिक सहयोग गरेका छन् । बुधबार...

जिवावती सामुदायिक विपद व्यवस्थापन समितिले आगलागी पिडितलाई राहत सामाग्री दियो

जिबावती सामुदायिक विपद व्यवस्थापन समितिले प्यूठान नगरपालिका ३ बिजयनगरका आगलागी पिडितलाई राहत सामाग्री उपलब्ध गराएकोे...