News Portal

रेडियो सुन्नुहोस्

असमान शिक्षा मुलुकको भविष्यका लागि खतरनाकः सरोकारवाला

अखिल क्रान्तिकारीद्वारा जिल्लामा उत्कृट नतिजा ल्याउने विद्यार्थी र विद्यालयलाई सम्मान

आशिका रोकावैशाख २६ प्यूठान
१४४१ पटक
वैशाख २६ प्यूठान

असमान शिक्षाले मुलुकमा भयंकर द्वन्द निम्त्याउने खतरा रहेको जिल्लाका शैक्षिक सरोकारवालाहरुले वताएका छन्।

अखिल(क्रान्तिकारी) जिल्ला समिती प्यूठानले आयोजना गरेको वर्तमान शैक्षिक समस्या र समाधानका उपायहरु विषयक अन्तरक्रिया कार्यक्रममा वोल्ले वक्ताहरुले दुईथरी शिक्षा मुलुकमा हुनु दुःखद रहेको वताए।

विप्लव नेतृत्वको नेकपा निकट अखिल(क्रान्तिकारी) जिल्ला समिती प्यूठानको आयोजनामा भएको वृहत अन्तरक्रिया कार्यक्रममा वोल्दै जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख(साविकका जिल्ला शिक्षा अधिकारी) सुर्यप्रसाद भुषालले दुईथरी शिक्षा कायम रहनु नै शिक्षाक्षेत्रको मुख्य समस्या तथा चुनौति रहेको वताए।

नेपाल कम्यूनिष्ट पार्टीका राप्ती व्यूरो सदस्य तथा केन्द्रिय स्कुलिङ्ग विभाग सदस्य दधिराम सुवेदी शार्दुलले राज्यसत्ताकै कारण शिक्षाक्षेत्रमा चरम विकृती र असमानता उत्पन्न भएको वताए। हजारौं वालवालीका गरिविका कारण विद्यालय पुग्न नसकेको अवस्थामा आफुलाई नितिनिर्माता भन्नेहरुले एकदुई जना विद्यार्थीको अभिभावकत्व गरेर सस्तो लोकप्रियताको निम्ति गैरजिम्मेवार कार्य गरेको वताए।

नेपाल वार एसोसियसन प्यूठानका अध्यक्ष शिवराज पण्डितले राज्यको स्वरुप वदलिएपनी त्यसको सार नवदलिएको र त्यसको प्रभाव शिक्षाक्षेत्रमा पनि रहेको वताए।

संगठनका केन्द्रिय सदस्य तथा राप्ती व्यूरो संयोजक पदमप्रसाद पोख्रेलले पेस गरेको कार्यपत्रमा टिप्पणी राख्दै प्याव्सन प्यूठानका अध्यक्ष जगन्नाथ पोख्रेलले असमान शैक्षिक व्यवस्था अन्त्य नै गर्ने भए निजी क्षेत्रमा गरेको लगानी राज्यले मुआव्जा दिएर सञ्चालन गर्न सुझाव दिए। साथै सरकारी विद्यालयको शिक्षा कमजोर हुनुमा शिक्षक नभई सरकार जिम्मेवार हुनुपर्ने भन्दै उनले यदि सरकारले सरकारी विद्यालयको पढाई गुणस्तरीय वनाउन नसक्ने भए त्यसको जिम्मा पनि निजी क्षेत्रले लिनसक्ने वताए।

कार्यक्रममा अखिल क्रान्तिकारीले जिल्लामा उत्कृट नतिजा ल्याउने १० सरकारी विद्यालय र जिल्लामा उत्कृष्ट नतिजा ल्याउने छात्र लेखनाथ पोख्रेल र छात्रा समिक्षा आचार्यलाई सम्मान गरेको थियो।

कार्यपत्र प्रस्तुत गर्दै संगठनका केन्द्रिय सदस्य पदमप्रसाद पोख्रेलले समाजवादी शिक्षाविना मुलुकको समृद्धि संभव नरहेको र त्यसका लागि असमान शिक्षाको अन्त्य गरिनुपर्ने वताए।
क्रान्तिकारीका जिल्ला अध्यक्ष यांक पुनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन जिल्ला सचिव वाल वहादुर घर्ति ले गरेका थिए।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...

बाग्दुला– बिजुवार क्षेत्रमा मदन भण्डारी मार्गको डीपीआर छैन

प्यूठान–बिजुवार–बाग्दुला सडक खण्ड मदन भण्डारी राजमार्ग अन्तर्गत डीपीआर नभएको आयोजनाले जनाएको छ । गुल्मीको तम्घास...

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...