News Portal

रेडियो सुन्नुहोस्

सापडाडामा प्रयोगशाला सेवा सुरु

सिखबर संवाददाताअसार ३१, २०७८/प्यूठान
११२७ पटक
असार ३१, २०७८/प्यूठान

प्यूठान नगरपालिका वर्डा नं ३ सापडाडा स्वास्थ्यचौकिमा प्रयोगशाला सहितको सेवा सुरु भएको छ । प्यूठान नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपतीले आज एक कार्यक्रमका विच प्रयोगशाला सहितको सेवाको उदघाटन गर्नुभएको हो ।

प्यूठान नगरपालिका सहित माण्डवी गाउँपालिकाको केही भुभाग र मल्लरानी गाउँपालिकाको केही भुभागका सेवाग्राहिले समेत सेवा लिने उक्त स्वास्थ्य चौकिमा प्रयोगशालामा सेवा सुरु भएसंगै त्यस क्षेत्रका सेवाग्राही प्रत्यक्ष रुपमा लावान्वित हुने भएका छन् ।

प्रयोगशाला सेवाले नगर क्षेत्रका जनतालाई सानो समस्याको परिक्षणका लागी धेरै रकम र घन्टौँ समय खर्च गर्नुपर्ने वाध्यता घटाउने अपेक्षा गरिएको प्यूठान नगरपालिकाका नगरप्रमुख अर्जुनकुमार कक्षपतीले वताउनु भयो । “ यो सेवा सुरु भएसंगै नगरपालिका वासिन्दाहरुलाई प्रत्यक्ष लाभ पुग्ने नगरपालिकाको विश्वास छ ।” नगरप्रमुख कक्षपतीले भन्नुभयो– “हामिले सवै स्वास्थसंस्थाहरुमा विस्तारै प्रयोगशाला सहितको सेवा सुरु गर्ने योजना वनाएका छौँ ।”

उपमेयर शान्ता आचार्यले नगरपालिकाको निती, कार्यक्रम, योजनाअनुसार जनतालाई सेवा प्रवाहको प्रत्यक्ष महसुस हुनेगरी कार्यसञ्चालन गरिने वताउनु भयो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत थानेश्वर भण्डारी , वडाअध्यक्षहरु लगायतको सहभागीता रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...