News Portal

रेडियो सुन्नुहोस्

लायन्स क्लव प्यूठानको अध्यक्षमा बद्रिनाथ श्रेष्ठ

झुलेनी संवाददाता
१२०६ पटक

प्यूठान १० साउन । बिभिन्न सामाजिक गतिविधिहरुमा अग्रणि सस्थाको रुपमा परिचित लायन्स कल्लव अफ प्युठानको सन २०२१/०२२ का लागि नयाँ नेतृत्व चयन भएको छ । लायन्स क्लव संसारकै सबैभन्दा ठुलो सञ्जाल भएको सामाजिक संस्था हो । शनिवार एक कार्यक्रमको आयोजना गरी सन् २०२०/०२१ का अध्यक्ष ला. बालाजु श्रेष्ठले ला. बद्रिनाथ श्रेष्ठलाइ पद हस्तान्तरण गर्नुभएको हो ।

 

नयाँ पदाधीकारीहरुमा प्रथम उपाध्यक्ष ला. मिन बहादुर कुवर, द्वितिय उपाध्यक्ष ला. ढुण्डिराज गौतम, तृतिय उपाध्यक्ष ला. पशुपति श्रेष्ठ, सचिव ला. झपेन्द्र शर्मा कोषाध्यक्ष, ला. नविन श्रेष्ठ रहनुभएको छ । त्यस्तै सदस्यहरुमा ला. कमला रिजाल, ला. शुसिला शाही, ला. पशुपतिनारायण नकर्मी, ला. धुर्व कुमार विष्ट, ला. अर्जुन बिक चयन हुनुभएको छ ।

 

त्यस्तै डिस्ट्रिकबाट मनोनित हुनुहुनेहरुमा ला. युवराज थपलिया, डिस्कट्रिक चिफ ला. अर्जुनकुमार कक्षपति, डिस्ट्रीक डेपुटी चिफ ला. तुल्सीराम रिजाल, डिस्ट्रिक डेपुटी चिफ ला. बालाजु श्रेष्ठ जोन चियर पर्सन/डिस्ट्रिक प्रोग्राम कोर्डिनेटर, ला. शिवराज श्रेष्ठ डिस्ट्रिक प्रोग्राम मेम्वर रहनुभएको छ ।

 

प्यूठान जिल्लामा 325 बि 2 अन्तर्गत यो क्लव सन् 2006/007 मा स्वर्गिय चतुर्भुज श्रेष्ठको अध्यक्षतामा स्थापना भएको थियो । सन् 2008/009 मा चार्टर प्रमाण पत्र प्राप्त भएपनि यस क्लव स्थापना भएपश्चात १६ ओं कार्यकाल रहेको सचिव ला. झपेन्द्र शर्माले जानकारी दिनुभयो । यस क्लवले विश्ष गरी दैवि प्रकोप पिडित स्वास्थ्य क्षेत्रमा आंखा उपचार क्याम्प लगायतका सामाजिक गतिविधिहरु गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

बृक्षारोपण कार्यक्रम सम्पन्न

सन् 2021/022 का लागि नयाँ कार्यसमिति बनेसँगै आइतवार बिहान लायन्स क्लव अफ प्यूठानको आयोजनामा प्युठान नगरपालिका प्रवेश गर्ने सडकमा बृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ । सामाजिक कार्यमा अग्रसर यस क्लवले यहाँ आपका बिरुवा रोपण गरेको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...