News Portal

रेडियो सुन्नुहोस्

लायन्स क्लव प्यूठानको अध्यक्षमा बद्रिनाथ श्रेष्ठ

झुलेनी संवाददाता
९१६ पटक

प्यूठान १० साउन । बिभिन्न सामाजिक गतिविधिहरुमा अग्रणि सस्थाको रुपमा परिचित लायन्स कल्लव अफ प्युठानको सन २०२१/०२२ का लागि नयाँ नेतृत्व चयन भएको छ । लायन्स क्लव संसारकै सबैभन्दा ठुलो सञ्जाल भएको सामाजिक संस्था हो । शनिवार एक कार्यक्रमको आयोजना गरी सन् २०२०/०२१ का अध्यक्ष ला. बालाजु श्रेष्ठले ला. बद्रिनाथ श्रेष्ठलाइ पद हस्तान्तरण गर्नुभएको हो ।

 

नयाँ पदाधीकारीहरुमा प्रथम उपाध्यक्ष ला. मिन बहादुर कुवर, द्वितिय उपाध्यक्ष ला. ढुण्डिराज गौतम, तृतिय उपाध्यक्ष ला. पशुपति श्रेष्ठ, सचिव ला. झपेन्द्र शर्मा कोषाध्यक्ष, ला. नविन श्रेष्ठ रहनुभएको छ । त्यस्तै सदस्यहरुमा ला. कमला रिजाल, ला. शुसिला शाही, ला. पशुपतिनारायण नकर्मी, ला. धुर्व कुमार विष्ट, ला. अर्जुन बिक चयन हुनुभएको छ ।

 

त्यस्तै डिस्ट्रिकबाट मनोनित हुनुहुनेहरुमा ला. युवराज थपलिया, डिस्कट्रिक चिफ ला. अर्जुनकुमार कक्षपति, डिस्ट्रीक डेपुटी चिफ ला. तुल्सीराम रिजाल, डिस्ट्रिक डेपुटी चिफ ला. बालाजु श्रेष्ठ जोन चियर पर्सन/डिस्ट्रिक प्रोग्राम कोर्डिनेटर, ला. शिवराज श्रेष्ठ डिस्ट्रिक प्रोग्राम मेम्वर रहनुभएको छ ।

 

प्यूठान जिल्लामा 325 बि 2 अन्तर्गत यो क्लव सन् 2006/007 मा स्वर्गिय चतुर्भुज श्रेष्ठको अध्यक्षतामा स्थापना भएको थियो । सन् 2008/009 मा चार्टर प्रमाण पत्र प्राप्त भएपनि यस क्लव स्थापना भएपश्चात १६ ओं कार्यकाल रहेको सचिव ला. झपेन्द्र शर्माले जानकारी दिनुभयो । यस क्लवले विश्ष गरी दैवि प्रकोप पिडित स्वास्थ्य क्षेत्रमा आंखा उपचार क्याम्प लगायतका सामाजिक गतिविधिहरु गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

बृक्षारोपण कार्यक्रम सम्पन्न

सन् 2021/022 का लागि नयाँ कार्यसमिति बनेसँगै आइतवार बिहान लायन्स क्लव अफ प्यूठानको आयोजनामा प्युठान नगरपालिका प्रवेश गर्ने सडकमा बृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ । सामाजिक कार्यमा अग्रसर यस क्लवले यहाँ आपका बिरुवा रोपण गरेको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सांसद थापाद्वारा आन्दोलनरत शिक्षकसंग छलफल

प्यूठान जिल्लाबाट निर्वाचित सङ्घीय सांसद (प्रतिनिधि सभा सदस्य) सूर्य थापाले शिक्षकहरुसंग छलफल गरेका छन् ।...

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सम्वन्धि अन्तरक्रिया माण्डवीमा सम्पन्न

भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम माण्डवी गाउँपालिकामा सम्पन्न भएको छ । अख्तियार...

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन सम्वन्धि अन्तरक्रिया सरुमारानीमा सम्पन्न

भ्रस्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सरुमारानीमा सम्पन्न भएको छ । अख्तियार दुरुपयोग...

शिक्षकहरुको आन्दोलन जारी, सुनेनन सरकारको अनुरोध

  सरकारको अनुरोधको बेवास्ता गर्दै शिक्षकहरुको आन्दोलन जारी रहेको छ । सरकारले बैशाख १२ गते...

शिक्षकको आन्दोलनले सरकारी विद्यालय सुनसान, निजीमा धमाधम भर्ना

शिक्षकहरूको आन्दोलनका कारण सरकारी विद्यालयको गतिविधि ठप्प हुँदा निजी विद्यालयले भने धमाधम भर्ना अभियान सञ्चालन...