News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा प्रदेश स्तरीय हाप्किडो प्रतियोगिता हुँदै

बोम बहादुर परियार
१६१३ पटक

प्यूठान, ११ साउन । जिल्लामा प्रदेश स्तरीय हाप्किडो प्रतियोगता सञ्चालन हुने भएको छ । नेपाल मार्शल आर्ट्स हाप्किडो संघ, प्यूठानको आयोजनामा आउँदो असोज १६, १७ र १८ गते माण्डवी गाउँपालिकामा लुम्बिनी प्रदेश स्तरीय अध्यक्ष कप  हुने भएको हो ।

प्रतियोगिता सञ्चालन गर्नको लागि माण्डवी गाउँपालिकाले आर्थिक सहयोग उपलब्ध गराएको छ । संघको आयोजनामा सोमवार जुम्रि प्यूठानमा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमबारे जानकारी गराइएको छ । आयोजकका अनुसार प्रतियोगितामा २०, २५, ३०, ३५, ४०, ४५, ५०, ५५, ६०, ६५ र ७० किलो तौल समुहमा प्रतिष्पर्धा हुनेछ ।

प्रतियोगितामा लुम्बिनी प्रदेश भरका १२ जिल्लाका खेलाडीहरु प्रष्पिर्धामा सहभागी हुने आयोजक समितिका अध्यक्ष मुक्ति पोख्रेलले बताउनुभयो । पछिल्लो समय युवा पुस्ताहरु काम नपाएर बरालीरहेको अवस्थामा खेलमा लगानी गर्दा उनीहरुलाई सकरात्मक उर्जा मिल्ने उहाँको भनाई छ । पोख्रेलले  आत्म विश्वास, आत्म अनुसाशन, आत्मरक्षा र स्वस्थ रहनको लागि यो प्रतियोगिताले मद्धत पुग्ने बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी संघका केन्द्रिय महासविच शुवर्ण बि.सी.ले प्रत्येक स्थानीय तहले खेलकुदसँगै हाप्किडोका कार्यक्रमहरुलाई प्राथमिकतामा राख्न अनुरोध गर्नुभयो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...