News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा प्रदेश स्तरीय हाप्किडो प्रतियोगिता हुँदै

बोम बहादुर परियार
१८६१ पटक

प्यूठान, ११ साउन । जिल्लामा प्रदेश स्तरीय हाप्किडो प्रतियोगता सञ्चालन हुने भएको छ । नेपाल मार्शल आर्ट्स हाप्किडो संघ, प्यूठानको आयोजनामा आउँदो असोज १६, १७ र १८ गते माण्डवी गाउँपालिकामा लुम्बिनी प्रदेश स्तरीय अध्यक्ष कप  हुने भएको हो ।

प्रतियोगिता सञ्चालन गर्नको लागि माण्डवी गाउँपालिकाले आर्थिक सहयोग उपलब्ध गराएको छ । संघको आयोजनामा सोमवार जुम्रि प्यूठानमा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमबारे जानकारी गराइएको छ । आयोजकका अनुसार प्रतियोगितामा २०, २५, ३०, ३५, ४०, ४५, ५०, ५५, ६०, ६५ र ७० किलो तौल समुहमा प्रतिष्पर्धा हुनेछ ।

प्रतियोगितामा लुम्बिनी प्रदेश भरका १२ जिल्लाका खेलाडीहरु प्रष्पिर्धामा सहभागी हुने आयोजक समितिका अध्यक्ष मुक्ति पोख्रेलले बताउनुभयो । पछिल्लो समय युवा पुस्ताहरु काम नपाएर बरालीरहेको अवस्थामा खेलमा लगानी गर्दा उनीहरुलाई सकरात्मक उर्जा मिल्ने उहाँको भनाई छ । पोख्रेलले  आत्म विश्वास, आत्म अनुसाशन, आत्मरक्षा र स्वस्थ रहनको लागि यो प्रतियोगिताले मद्धत पुग्ने बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी संघका केन्द्रिय महासविच शुवर्ण बि.सी.ले प्रत्येक स्थानीय तहले खेलकुदसँगै हाप्किडोका कार्यक्रमहरुलाई प्राथमिकतामा राख्न अनुरोध गर्नुभयो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...