News Portal

रेडियो सुन्नुहोस्

कर्णाली नदिमा डुंगा पल्टिदाँ १० दिन‍े शिशुसहित तीन जना बेपत्ता

झुलेनी संवाददाता१७ साउन २०७८ कैलाली
९४६ पटक
१७ साउन २०७८ कैलाली

कर्णाली नदीमा डुंगा पल्टिदाँ १० दिनको शिशु सहित तीन जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा कैलालीको मोहन्याल गाउँपालिका-३ राघका २० बर्षिया उर्मिला सलामी, उनको १० दिनको छोरा र २० बर्षकि पार्वत थापा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

दुर्घटनामा दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टका अनुसार सोही ठाँउकी १९ बर्षिय धनसरा सलामीमागरको अवस्था गम्भीर रहेको छ । उनको १ महिनाको छोरा कर्ण सलामी मगरको अवस्था भने सामान्य रहेको उनले बताए । पाँच जना भने पौडी खेलेर नदी बाहिर आएका थिए ।

आइतबार दिउँसो १२ बजे कैलाली मोहन्याल गाउँपालिका-३ रांगा मलेखाबाट सुर्खेतको चौकुने गाउँपालिका-४ मा बच्चालाई खोप लगाउन जाने क्रममा कर्णालीमा डुंगा पल्टिएको हो।

डुंगामा सवार १० जना रहेको प्रहरीले जानकारी दिएको छ । बेपत्ता भएकाहरुको खोजीकार्य जारी रहेको प्रहरीले जनाकारी दिएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...