News Portal

रेडियो सुन्नुहोस्

कर्णाली नदिमा डुंगा पल्टिदाँ १० दिन‍े शिशुसहित तीन जना बेपत्ता

झुलेनी संवाददाता१७ साउन २०७८ कैलाली
७९६ पटक
१७ साउन २०७८ कैलाली

कर्णाली नदीमा डुंगा पल्टिदाँ १० दिनको शिशु सहित तीन जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा कैलालीको मोहन्याल गाउँपालिका-३ राघका २० बर्षिया उर्मिला सलामी, उनको १० दिनको छोरा र २० बर्षकि पार्वत थापा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

दुर्घटनामा दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टका अनुसार सोही ठाँउकी १९ बर्षिय धनसरा सलामीमागरको अवस्था गम्भीर रहेको छ । उनको १ महिनाको छोरा कर्ण सलामी मगरको अवस्था भने सामान्य रहेको उनले बताए । पाँच जना भने पौडी खेलेर नदी बाहिर आएका थिए ।

आइतबार दिउँसो १२ बजे कैलाली मोहन्याल गाउँपालिका-३ रांगा मलेखाबाट सुर्खेतको चौकुने गाउँपालिका-४ मा बच्चालाई खोप लगाउन जाने क्रममा कर्णालीमा डुंगा पल्टिएको हो।

डुंगामा सवार १० जना रहेको प्रहरीले जानकारी दिएको छ । बेपत्ता भएकाहरुको खोजीकार्य जारी रहेको प्रहरीले जनाकारी दिएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...