News Portal

रेडियो सुन्नुहोस्

जुम्रि बसपार्कमा निर्मित सार्वजनिक शौचालय प्रयोगबिहिन (भिडियो सहित)

बिमल प्रसाद पोख्रेल/तेजेन्द्र बिएम२०७८ साउन २०
१६०६ पटक
२०७८ साउन २०

प्यूठान । जुम्रि बसपार्कमा निर्मित सार्वजनिक शौचालय अस्तव्यस्त अवस्थामा रहेको छ । शौचालय निर्माण भएको वर्षौ बितेपनि प्रयोग विहिन अवस्थामा रहेको हो । शौचालय प्रयोगमा नआउँदा वरिपरि दुर्गन्धित भएको स्थानीयको गुनासो छ । शौचालय निर्माण पश्चात ब्यवस्थापन कसले गर्ने भन्ने एकिन नहुँदा यहाँको शौचालय अस्तव्यस्त रहेको स्थानीयवासी बताउँछन ।

बृहत विजुवार साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई उपभोक्ता संस्था विजुवार प्यूठानले यो शौचालय निर्माण गरेको थियो । शौचालय निर्माण पश्चात सुरुको समयमा चलेपनि हाल निरन्तर चल्न सकेको छैन । शौचालयमा राख्ने कुरुवा कर्मचारीको ब्यवस्थापन नहुँदा सार्वजनिक शौचालय वेवारिसे जस्तै बनेको व्यवसायी चन्द्रमान श्रेष्ठले बताए । शौचालय ब्यवस्थित नहुँदा वरीपरि दुर्गन्ध फैलिएको उनको भनाई छ ।


शौचालयको बाहिरपट्टि झाडीले भरिएको छ भने भित्र फोहोरे फोहोर रहेको छ । शौचालयमा पानी ब्यवस्थापनका लागि छतमा राखिएका ट्याङ्की नियमित पानी नहुँदा फुटेका छन् । प्यूठान नगरपालिकाले गत वर्ष केहिँ रकम छुट्याएर मर्मत गरेपनि अहिले पुन पुरानै अवस्थामा पुगेको छ । बसपार्क रहेको स्थानमा सार्वजनिक शौचालय निर्माण भएपनि यहाँ आउने यात्रुहरु होटलमा खाना, खाजा खाने बाहानामा दिसा पिसाव गर्नुपर्ने बाध्यता रहेको छ ।

भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुहोला ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...