News Portal

रेडियो सुन्नुहोस्

स्वास्थ्य कार्यालयलाई ७ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग

दीपा पौडेल२०७८ भाद्र १
१२६८ पटक
२०७८ भाद्र १

जिल्लामा लामो समयदेखि क्षयरोग रोकथाम तथा नियन्त्रणको क्षेत्रमा काम गर्दै आएको विराट नेपाल मेडिकल ट्रस्ट (बि.एन.एम.टि) ले मेडिकल जन्य स्वास्थ्य सामाग्री सोमबार हस्तान्तरण गरेको छ।

कोरोना महामारीको आपतकालिन समयमा अग्रपंक्तिमा रहेर जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुको सुरक्षाको लागि करिब ७ लाख बरावरको स्वास्थ्य सामग्री स्वास्थ्य कार्यालय प्युठानका निमित्त प्रमुख मधुसुदन खड्कालाई हस्तान्तरण गरिएको हो। बि.एन.एम.टि नेपाल प्युठानका कार्यक्रम संयोजक गोविन्द माझीले उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन्।

 

४ सय सेट पिपिई , ५ सय थान एन ९५ मास्क, १ हजार थान, सर्जिकल मास्क, ७ सय एम एल सेनिटाईजर , ५ सय पिस फेस सिल्ड, गल्ब्स १ हजार थान र टि भीका बिरामीहरु र महिला स्वास्थ्य स्वंयमसेविकाहरुको लागि २ सय ५० सेट हाइजिन किट, प्रदान गरेको संयोजक माझीले जानकारी दिए।। स्वास्थ्य सामग्री उपलब्ध गराएकोमा बि.एन.एम.टि लाई स्वास्थ्य कार्यालय प्युठानका निमित्त प्रमुख खड्काले धन्यवाद दिएका छन्। उनले यो सहयोगले स्वास्थ्यकर्मीको सुरक्षा प्रदान गर्न र काम गर्न सहज हुने विश्वास लिएको बताए।

 

उनले भने–“बि.एन.एम.टि ले उपलब्ध गराएका स्वास्थ्य सामग्रीहरु जिल्लाका ९ वटा स्थानिय तहहरुमा रहेका १० वटा स्वास्थ्य संस्थाहरुलाई आवश्यकताको आधारमा पठाउने छौं। १० वटा स्वास्थ्य संस्थाहरुमा प्युठान अस्पताल,प्राथमिक स्वास्थ्य केन्द्र खलंगा, प्राथमिक स्वास्थ्य केन्द्र भिंगृ, सापडाँडा, देविस्थान, ओखरकोट,पुँजा,बांगेशाल,बरौंला स्वास्थ्य चौकी, र आधारभुत स्वास्थ्य केन्द्र बाहाने लाई प्रदान गरिने छ।

 

विगत ४ बर्ष देखि स्वास्थ्य कार्यालय प्युठानसंंग सहकार्य गर्र्दै आएको यस बि एन एम टीले यो कोरोना महामारीको समयमा जिल्लामा निरन्तर सहयोग गर्दै आईरहेको बि.एन.एम.टि नेपाल प्युठानका कार्यक्रम संयोजक गोविन्द माझीले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...