News Portal

रेडियो सुन्नुहोस्

झलनाथ, माधव र वामदेवको एउटै पार्टी : एकताका लागि यी हुन् अन्तिम तीन सर्त

झुलेनी संवाददाता२०७८ भाद्र २
१०४६ पटक
२०७८ भाद्र २

काठमाडौं । नेकपा एमाले विभाजन गरेर नयाँ पार्टी स्थापना गर्न वरिष्ठ नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल र वामदेव गौतम एक ठाउँमा उभिने भएका छन् । राष्ट्रपतिबाट अध्यादेश जारी भएलगत्तै राजनीतिक रूपमा पुस ५ पछि नै फुटिसकेको एमाले कानूनीरूपमा पनि विभाजित हुनेछ ।

एमाले विभाजनमा माधव नेपाल समूहका दोस्रो पुस्ताका नेताहरू डराए पनि पहिलो, तेस्रो तथा चौथो पुस्ता भने एक ठाउँमा छन् । त्यसैले पछिल्लो समय नेपालले वार्ताकार दोस्रो तहका नेताभन्दा तेस्रो र चौथो तहका नेता कार्यकर्तासँग सघन संवाद गरिरहेका छन् ।

 

यसबीचमा एमाले विभाजन रोक्न साथ खोज्दै दिल्ली पुगेका सुरेन्द्र पाण्डे र भीम आचार्यलाई झलनाथ खनालले ‘केपी ओलीसँग मिल्न सकिँदैन’ भनेर फर्कादिएपछि नेपाल समूह उत्साही छ । माधव नेपाल र झलनाथ खनालले अलग पार्टी बनाए आफू त्यसमा सहभागी हुने अर्का नेता वामदेव गौतमले बताइसकेका छन् ।

नेपालनिकट एक नेताले भने, ‘दोस्रो तहका केही नेता अझै पनि खुट्टा कमाइरहेका छन् । तर, हामीले विद्रोह गरेपछि उनीहरू पनि माधव नेपालको पछिपछि आउन बाध्य हुन्छन् । झलनाथले हप्काएर पठाएपछि उनीहरू हच्किएका छन् । अबको एमाले विभाजन २०५४ सालको भन्दा ठूलो स्केलको हुनेछ ।’

माधव नेपाल समूहले अध्यादेश मंगलबारै जारी भएको अवस्थामा सोही दिन अबेरसम्म दल दर्ता गर्नेगरी कागजपत्र तयार पारेको थियो । केन्द्रीय सदस्य र सांसदहरुको हस्ताक्षरसहित आवश्यक कागजात बोकेर राजेन्द्र पाण्डे निर्वाचन आयोगको सम्पर्कमा थिए ।

माधव नेपाल समूहले तलसम्मका कार्यकर्तालाई सर्कुलरमार्फत अब झलनाथ, माधव र वामदेवको नेतृत्वमा पार्टी पुनर्गठन हुने र वडादेखि केन्द्रसम्म समानान्तर संरचनाहरू बनिसकेकाले एमालेभन्दा ठूलो पार्टी बन्ने भनेर उत्साहित बनाइरहेको छ । आउने चुनावमा कांग्रेससहित अहिलेको सत्तारुढ गठबन्धनले एमालेविरुद्ध एक भएर चुनाव लड्ने जानकारीसमेत तलैसम्म पठाइएको छ ।

तर, घनश्याम भुसालले एकताको लागि अन्तिम प्रयास गर्छु भन्दै अर्याल होटलमा पुगेर माधव नेपालको अनुमति मागे । त्यतिन्जेल १४ जनामाथि कारवाहीको पत्र संसद सचिवालयमा पुगिसकेको थिएन । नेपालले भुसाललाई फागुन २८ पछि केपी ओलीले गरेका सबै निर्णय फिर्ता र समान हैसियत र हस्ताक्षरको अध्यक्ष आफ्नो बटमलाइन भनेका थिए ।

 

तर, त्यसबीच माधव नेपालसहित १४ जनालाई कारवाही गरिएपछि नेपाल पक्षले एकताको अन्तिम सर्त भनेर कारवाही फिर्ता, हालसम्मका सबै निर्णय खारेज र समान हैसियत र हस्ताक्षर चल्ने अर्को अध्यक्षमा ओली सहमत भएमात्र एमाले विभाजन रोकिने बताएको छ ।

 

मंगलबार साँझ अध्यक्ष ओलीलाई भेट्न उपमहासचिव भुसाल बालकोट गएका थिए । उनले माधव नेपालसहित १४ जनामाथिको कारवाही फिर्ता लिए एकताको प्रयास गर्न सजिलो हुने बताए । तर, ओलीले माधव नेपाल पार्टी फुटाउन अग्रसर भइसकेको र उनकै आग्रहमा अध्यादेश ल्याइएकाले कारवाही फिर्ता नहुने जवाफ दिए ।

 

ओलीसँगको वार्ता सकारात्मक नभएको जानकारी भुसालले नेपाल समूहका नेताहरूलाई गराएका छन् । भीम रावल, सुरेन्द्र पाण्डेलगायतका नेताहरू विभाजन रोक्न सक्रिय रहे पनि एक-दुई दिनयता उनीहरूको सक्रियता घटेको छ ।

 

माधव नेपाल समूहले तलसम्मका कार्यकर्तालाई सर्कुलरमार्फत अब झलनाथ, माधव र वामदेवको नेतृत्वमा पार्टी पुनर्गठन हुने र वडादेखि केन्द्रसम्म समानान्तर संरचनाहरू बनिसकेकाले एमालेभन्दा ठूलो पार्टी बन्ने भनेर उत्साहित बनाइरहेको छ । आउने चुनावमा कांग्रेससहित अहिलेको सत्तारुढ गठबन्धनले एमालेविरुद्ध एक भएर चुनाव लड्ने जानकारीसमेत तलैसम्म पठाइएको छ ।

 

राजनीतिक दलसम्बन्धी अध्यादेशले स्थानीय तहका जनप्रतिनिधिले समेत दल रोज्न पाउने र एमाले छाडेवापत पद नजाने भनेकाले वडा सदस्यदेखि संघीय सांसदम्मका जनप्रतिनिधिको ठूलो हिस्सा आफूतिर तान्न माधव पक्षले सबै तहका नेता/कार्यकर्तालाई आ-आफ्नो ठाउँबाट खटिन भनेको छ । नेपाल प्रेसबाट साभार ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...