News Portal

रेडियो सुन्नुहोस्

झापादेखि कञ्चनपुरसम्म सात हात्तीकाे आतङ्क

झुलेनी संवाददाता९ भाद्र २०७८ प्यूठान
८६३ पटक
९ भाद्र २०७८ प्यूठान

तराई क्षेत्रमा सातवटा हात्तीले बढी आतङ्क मच्चाइरहेका छन । झापादेखि कञ्चनपुरसम्मको जङ्गलमा २२७ वटा रैथाने हात्ती पाइने आँकडा छ । त्यसमध्ये सातवटा वयस्क हात्ती टाउको दुखाईको विषय बनेका छन । गत केही वर्षयता उद्दण्ड स्वभावका यी हात्तीले तराई र भित्री मधेसका २४ जिल्लामा सयौँ व्यक्तिको ज्यान लिएका छन् भने करोडौँ रुपियाँ बराबरको भौतिक क्षति पु–याउने काम पनि निरन्तर भइरहेको छ । सन् २००० देखि २०२० सम्मको अवधिमा ३८० जनाको हात्ती आक्रमणबाट मृत्यु भएको छ भने ४१२ जना सख्त घाइते भएका छन । मानवीय तथा भौतिक क्षति पु–याउने यी हात्तीलाई सरकारले समस्याग्रस्त हात्ती घोषणा गरेको छ ।

उमेर समूह १० देखि २५ वर्ष रहेका यी युवा हात्ती सबै भाले हुन् । यी हात्तीले विशेष गरी वर्षको दुई मौसममा बढी क्षति पु(याउने गरेको अध्ययनले देखाएको छ । असार, साउन र भदौ तथा कात्तिक र मङ्सिर महिनामा भाले हात्तीलाई मात लाग्ने गर्छ । मत्ता हात्ती गाउँबस्ती पस्दा क्षति पु–याउने गरेको छ ।

नेपालका हात्तीको विषयमा विद्यावारिधिको शोध अध्ययन गरिरहनुभएका अशोककुमार रामका अनुसार झापा, कोसीटप्पु, पर्सा, चितवन, बाँके, बर्दिया, शुक्लाफाँटा क्षेत्रमा ती हात्तीले वितण्डा मच्चाइरहेका छन् । समस्याग्रस्त हात्तीको पहिचान गर्न सजिलो होस् भनेर हात्तीको बानी, व्यवहार, आचरणअनुसार नामकरण पनि गरिएको छ । गोविन्दे, ध्र्रुवे, रोनाल्डो, गणेश, मकुना, बाघे, दाँते नाम राखिएका हात्ती मानव बस्तीमा पस्ने, घर भत्काउने, मानिसलाई लेखेट्ने, मार्नेलगायतका काम हुँदै आएका छन् ।

केही वर्षअघि चितवन र पर्सा क्षेत्रमा उद्दण्ड मच्चाउँदै आएको ध्रुवेलाई गोली हानेर मार्ने निर्णय सरकारले गरेको थियो । नेपाली सेनाको टोलीले ७२ वटा गोली प्रहार गर्दा समेत बाँचेको ध्रुवे हात्तीले अझै हानि–नोक्सानी गर्न छाडेको छैन । गत चैत महिनामा गैँडा गणना गर्ने क्रममा ध्रुवेले आक्रमण गर्दा राष्ट्रिय प्रकृति संरक्षण कोषका एक जना कर्मचारी सख्त घाइते भएका थिए । मकुना नाम गरेको हात्तीले कोसीटप्पु आसपासका क्षेत्रमा क्षति पु–याउँदै आएको छ ।

कोसीटप्पु वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृतसमेत रहनुभएका शोधकर्ता रामले भन्नुभयो, “नेपालमा रैथाने हात्तीले त्यति दुःख दिएको छैन । आफ्नो समूहबाट अलग्गिएर भारतबाट नेपाल आएका किशोर हात्तीले मान्छे मार्ने, घर भत्काउने, बालीनाली नोक्सानी पु(याउने काम गरेको देखिन्छ ।” उहाँले सन् २००० देखि सन् २०२० सम्म नेपालमा हात्तीले पु¥याएको क्षति बारे अध्ययन गर्नुभएको छ । सो अध्ययनमा ७५ प्रतिशतभन्दा बढी घटना यिनै समस्याग्रस्त सात हात्तीबाट भएको पाइएको छ ।

हात्तीले क्षति गर्ने समयको अध्ययन गर्दा साँझको ७ बजेदेखि रातिको ११ बजेसम्म अधिकांश घटना हुने गरेका छन् । हात्ती बस्तीमा पस्दा राँको बाल्ने, होहल्ला गरेर धपाउने गरिन्छ । यस क्रममा हात्तीको आक्रमणमा जाँड, रक्सी सेवन गरेका अधिकांश व्यक्ति पर्ने गरेका अध्ययनबाट देखिएको छ ।

 

गोरखापत्रबाट

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...