News Portal

रेडियो सुन्नुहोस्

भदौ १६ गतेदेखि तिलगंगा आँखा प्रष्ठिानले विस्तारित सेवा सुरु गर्ने

झुलेनी संवाददाता१३ भाद्र २०७८ प्यूठान
१०८७ पटक
१३ भाद्र २०७८ प्यूठान

तिलगंगा आँखा प्रतिष्ठानले विस्तारित सेवा सुरु गर्ने भएको छ।
प्रतिष्ठानले कोरोना महामारीको समयमा सेवाग्राहीको चापलाई व्यवस्थित गर्न भदौ १६ गतेदेखि विस्तारित सेवा सुरु गर्न लागेको जनाएको छ।

प्रतिष्ठानले बिहान ८ बजेदेखि ३ः३० नियमित सेवा बाहेक साँझ ६ः३० बजेसम्म विस्तारित आँखा सेवा प्रदान गर्ने जानकारी दिएको छ।

कार्यालय समयभित्र समय मिलाउन असहज भएका र व्यस्तताका कारण बिहान तथा दिउँसो उपचार सेवा लिन नसक्ने सेवाग्राहीका लागि विस्तारित सेवा सुरु गरेको जनाउँदै दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म नाम दर्ता गराई सेवा लिन सक्ने प्रतिष्ठानले जनाएको छ।

त्यसबाहेक नियमित र प्रिमियम सेवा दिन चाहने सेवाग्राहीले दिउँसो ८ बजेदेखि २ः३० बजेसम्म समय नाम दर्ता गराउन सक्ने बताइएको छ।

विस्तार सेवा अन्र्तगत सामान्य आँखा जाँच सम्बन्धि सेवा दृष्टि परीक्षण तथा चस्मा जाँच सम्बन्धि सेवा, परार्मश सम्बन्धि सेवा र आँखाको पर्दा रोग सम्बन्धि सेवा, जलविन्दु सम्बन्धि सेवा, आँखाको प्लाष्टिक सर्जरी सम्बन्धि सेवा, आँखाको नानी रोग सम्बन्धि सेवा, बाल आँखा तथा ढेडोपन सम्बन्धि सेवा, आँखाको पानी धमिलो हुने (युभिआइटिस) सम्बन्धि सेवा, चश्मा हटाउने शल्यक्रिया सम्बन्धी सेवा, आँखाको क्यान्सर रोग सम्बन्धि सेवा, आँखाको नशा रोग सम्बन्धि सेवा, अप्ट्रोमेट्री सम्बन्धि सेवा, न्यून दृष्टि सम्बन्धि सेवा, कन्ट्याक्ट लेन्स सम्बन्धि सेवा, कृतिम आँखा सम्बन्धि सेवा, प्रयोगशाला सम्बन्धि सेवा, आँखा रोगहरुको शल्यक्रिया शल्यक्रिया र आपतकालिन सेवा २४ सै घण्टा उपलब्ध हुने बताइएको छ।

सेवा लिन प्रतिष्ठानको फोन नम्बर ०१–५९७००४८ वा [email protected] वा इसेवा मार्फ अग्रिम नाम टिपाउन सकिने छ।

 

स्वास्थ्यखबर

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...