News Portal

रेडियो सुन्नुहोस्

भदौ १६ गतेदेखि तिलगंगा आँखा प्रष्ठिानले विस्तारित सेवा सुरु गर्ने

झुलेनी संवाददाता१३ भाद्र २०७८ प्यूठान
१२५६ पटक
१३ भाद्र २०७८ प्यूठान

तिलगंगा आँखा प्रतिष्ठानले विस्तारित सेवा सुरु गर्ने भएको छ।
प्रतिष्ठानले कोरोना महामारीको समयमा सेवाग्राहीको चापलाई व्यवस्थित गर्न भदौ १६ गतेदेखि विस्तारित सेवा सुरु गर्न लागेको जनाएको छ।

प्रतिष्ठानले बिहान ८ बजेदेखि ३ः३० नियमित सेवा बाहेक साँझ ६ः३० बजेसम्म विस्तारित आँखा सेवा प्रदान गर्ने जानकारी दिएको छ।

कार्यालय समयभित्र समय मिलाउन असहज भएका र व्यस्तताका कारण बिहान तथा दिउँसो उपचार सेवा लिन नसक्ने सेवाग्राहीका लागि विस्तारित सेवा सुरु गरेको जनाउँदै दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म नाम दर्ता गराई सेवा लिन सक्ने प्रतिष्ठानले जनाएको छ।

त्यसबाहेक नियमित र प्रिमियम सेवा दिन चाहने सेवाग्राहीले दिउँसो ८ बजेदेखि २ः३० बजेसम्म समय नाम दर्ता गराउन सक्ने बताइएको छ।

विस्तार सेवा अन्र्तगत सामान्य आँखा जाँच सम्बन्धि सेवा दृष्टि परीक्षण तथा चस्मा जाँच सम्बन्धि सेवा, परार्मश सम्बन्धि सेवा र आँखाको पर्दा रोग सम्बन्धि सेवा, जलविन्दु सम्बन्धि सेवा, आँखाको प्लाष्टिक सर्जरी सम्बन्धि सेवा, आँखाको नानी रोग सम्बन्धि सेवा, बाल आँखा तथा ढेडोपन सम्बन्धि सेवा, आँखाको पानी धमिलो हुने (युभिआइटिस) सम्बन्धि सेवा, चश्मा हटाउने शल्यक्रिया सम्बन्धी सेवा, आँखाको क्यान्सर रोग सम्बन्धि सेवा, आँखाको नशा रोग सम्बन्धि सेवा, अप्ट्रोमेट्री सम्बन्धि सेवा, न्यून दृष्टि सम्बन्धि सेवा, कन्ट्याक्ट लेन्स सम्बन्धि सेवा, कृतिम आँखा सम्बन्धि सेवा, प्रयोगशाला सम्बन्धि सेवा, आँखा रोगहरुको शल्यक्रिया शल्यक्रिया र आपतकालिन सेवा २४ सै घण्टा उपलब्ध हुने बताइएको छ।

सेवा लिन प्रतिष्ठानको फोन नम्बर ०१–५९७००४८ वा [email protected] वा इसेवा मार्फ अग्रिम नाम टिपाउन सकिने छ।

 

स्वास्थ्यखबर

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...